• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अग्नीपीडित परिवारलाई राहत
न्यूज टुडे
राजविराज, ४ चैत । 
धर्मीहल्फा महिला विकास क्लव लालापट्टी सप्तरीद्वारा आइतबार एक अग्नीपीडित परिवारलाई राहत वितरण गरेको छ । आगलागीबाट सर्वस्व गुमाई बिच्चलीमा परेकी राजविराज नगरपालिका १ शिवथानकी अग्निपीडित बिलो देवी यादवको परिवारलाई राहत वितरण गरिएको हो । 
संस्थाको अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले त्रिपाल, धोती, सारी, थाल, गिलास, पन्यौ, कन्ती  बाल्टिन, मग र म्याट्रेस लगायतका सामाग्रीहरू संस्थाको तर्फबाट राहत स्वरुप प्रदान गरे ।
उक्त अवसरमा राजविराज नगरपालिका -१ का वडा अध्यक्ष चन्द्र शेखर चौधरी, वडा सदस्य खेलानन्द यादव, भूपेन्द्र यादव,लहर यादव लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।