न्यूज टुडे
राजविराज, ३ चैत ।
सप्तरीको तिलाठी काेईलाडी गाउँपालिका वडा नम्बर ७ बभनगामाकट्टीमा गाउँपालिका स्तरीय टि – २० क्रिकेट प्रतियाेगिता संचालन गरिएको छ । सप्तरी क्रिकेट संघ र एम्पायर तथा स्काेरर संघकाे समन्वयमा तिलाठी काेईलाडी गाउँपालिकाले प्रतियाेगिता आयोजना गरेको हाे।
मावि बभनगामाकट्टीको खेलमैदानमा शनिबार आयोजित प्रतियोगिताको तिलाठी काेईलाडी गाउँपालिका अध्यक्ष अरूण कुमार मण्डलले ब्याटिंग, वडा ५ का अध्यक्ष ललन राउतले बलिंग र वडा १ का अध्यक्ष दिनेश्वर मिश्रले किपिंग गरेर खेल उद्घाटन गरे ।
प्रतियोगिताको उदघाटन खेलमा काे. बरसाईन र मंसापुर बिजयी भएकाे छ। उदघाटनकाे पहिलाे खेलमा तिलाठीकाेईलाडी वडा ५ काे. बरसाईनले वडा ४ काेईलाडीलाई ३८ रनले र वडा ७ मंसापुरले वडा ३ सकरपुरालाई ३५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेका छन।
वडा ५ र ४ बिच भएकाे उदघाटन खेलमा टस जितेर वडा ५ ले निर्धारित १५ ओभरमा १ सय २५ रनकाे याेगफल खडा गरेका थिए भने जवाफमा वडा ४ ले १५ ओभरमा ६ बिकेट गुमाएर ८७ रनमै सिमित रहे।
जसमा वडा ४ का जितेन पासवानले ३१ रन र माैसम मण्डलले १७ रन बनाउदै अविजित रहेपनि जितकाे लागि प्रयाप्त भएन।
यता वडा ५ बरसाईनका प्रकाश मण्डलले सर्वाधिक ४३ रन, सुभाष शर्मा १४ र राहुल रजकले अविजित १३ रन बनाएका थिए। बलिंग तर्फ वडा ४ का माैसम मण्डल ३ बिकेट, परमेश्वर मण्डल २, राेशन मण्डल, दिपक मण्डल र माे. गुडुले १/१ बिकेट लिएका थिए। वडा ५ का विशाल शर्मा ३ बिकेट, दिपक मण्डल २ र दिपेश सरदार १ बिकेट लिएका थिए।
उक्त अवसरमा खेलकाे प्लेयर अफ दि म्याच घाेषित विशाल शर्मालाई सप्तरी क्रिकेट सँघका सचिव चन्दनकुमार यादब र प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र यादबले संयुक्त रूपमा कप प्रदान गरेका थिए।
यसैगरी आजै सम्पन्न वडा ७ मन्सापुर र वडा ३ सकरपूरा बिच भएकाे दाेस्राे खेलमा सकरपुरालाई ३५ रनले पराजित गर्दै मन्सापुर बिजयी भएका छन। टस जितेर वडा ७ मंसापुरले निर्धारित १५ ओभरमा ७ बिकेट गुमाई १ सय ४८ रनकाे याेगफल खडा गरेका थिए। जसमा उत्कृष्ट ब्याटिंग गर्दै धिरज मण्डलले सर्वाधिक ५७ रन बनाएका थिए। यसैगरी दिपक मण्डल २३ र देवकी नन्दन मण्डल १६ रन बनाएका थिए।
बलिंग तर्फ वडा ३ सकरपुराका अमित मण्डल ३ बिकेट,राजु सिँह र कुनाल मण्डल १/१ बिकेट लिएका थिए।जवाफमा सकरपुराले १५ ओभरमा ९ बिकेट गुमाई १ सय १३ रन मात्र बनाउन सकेका थिए। जसमा राजकुमार मुखिया १८, बिजय मुखिया १७ अविजित र मुकेश मण्डलले १६ रन, नन्दन झा ११ रन बनाएपनि जित हात पार्न सकेन।
बलिंग तर्फ वडा ७ मन्सापुरका देवकी नन्दन, धिरज मण्डलले समान्य २/२ बिकेट र चेतन यादब, राजकुमार मण्डल, दिपक मण्डल १/१ बिकेट लिएका थिए। खेलकाे प्लेयर अफ दि म्याच धिरज मण्डल घाेषित भएकाे प्रतियाेगिता संयाेजक ज्ञानेन्द्र कुमार यादबले जानकारी दिए।
उक्त अवसरमा वडा २ का अध्यक्ष कमल कुमार मण्डल, वडा ४ का अध्यक्ष मुनीलाल मुखिया,
वडा १ वडा सदस्य चन्दन कुमार झा,पालिका याेजना शाखा प्रमुख दिपक मण्डल,आईटी शाखा प्रमुख अवजित सिंह प्रशासन प्रमुख जिवछ लाल मण्डल, स्वास्थ शाखाका महेश साह, उमेश मण्डल,वडा ७ का वडा सचिव ब्रहमदेव मण्डल, वडा ८ का वडा सचिव सन्तलाल मण्डल, सप्तरी क्रिकेट संघका उपाध्यक्ष निरज सिंह, क्रिकेट संघका सचिव चन्दनकुमार यादब, संचारकर्मी भूषण सिंह, लगायतकाे उपस्थिति रहेका थिए।