• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

रुपनीमा पिपिआर विरुद्ध भ्याक्सिन लगाउन सुरु

रुपनीमा पिपिआर विरुद्ध भ्याक्सिन लगाउन सुरु
नर्मदेव यादव
रुपनी २ चैत । 
सप्तरीको रुपनी गाउँपालिकामा खशीबाख्रामा लाग्ने महामारी रोग पिपिआर विरुद्ध भ्याक्सिन लगाउन सुरु गरिएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ  केन्द्र राजविराजद्वारा रुपनी गाउँपालिका ६ नयाँबस्तीमा शुक्रबार आयोजित  एक कार्यक्रमको विच प्रमुख अतिथि रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले खोप कार्यक्रमको उद्घाटन गरेका हुन् । 
बाख्रालाई भ्याक्सिन लगाउन सघाएको खोप कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अध्यक्ष यादवले पालिकामा एफएमडी,एचएसविक्यु, पिपिआर रोग नियन्त्रणका लागि खोप कार्यक्रम संचालन गरिएकोले पशुपालन गर्ने किसानहरूले  अनिवार्य रुपमा आ-आफ्नो खशीबाख्रालाई पिपिआर विरुद्धको भ्याक्सिन लगाउन आग्रह गरे ।
रुपनी गाउँपालिका ६ का वडा सदस्य सुर्यनरायण महतोको अध्यक्षतामा आयोजित निशुल्क खोप कार्यक्रम उद्घाटन समारोहमा भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र राजविराज सप्तरीका प्रमुख डा. शंकर साह,अधिकृत लाल बहादुर साह,सन्तोष कुमार यादव, सुर्य नारायण शर्मा,ओमप्रकाश महतो, रुपनी पशुशाखा प्रमुख हरिगमन साह,भ्याक्सिनर शशि यादव,प्रभु यादव,श्याम नरायण यादवलगायतका  स्थानीय किसानहरुको उपस्थिती रहेको थियो। 
रुपनी गाउँपालिकामा ७ हजार डोज बराबरको भ्याक्सिन मात्र आएको गाउँपालिकाले जनाएको छ ।  यस अघि सोही वडाको तेरहौता, जगमोहन, भटनियाँलगायतका गाउँमा पिपिआर जस्तो लक्षण देखिने अज्ञात रोगले सयौंको संख्यामा खशीबाख्रा परेका थिए ।