रामनाथ यादव
राजविराज, ३० फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ मा रहेको लक्ष्मी वल्भव माध्यमिक विद्यालय बभनगामाकट्टीको व्यवस्थापन समितिको नेतृत्वमा सूर्य नारायण यादवको प्यानल विजयी भएका छन् । विद्यालय व्यवस्थापन समिति सदस्यका लागि मंगलबार सम्पन्न निर्वाचनमा यादव नेतृत्वको प्यानल विजयी भएका हुन् ।
मंगलबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार लिलम कुमारी रजक २ सय ७६ मत, यादवले २ सय ७२ मत, राेजी कुमारी सिंहले २ सय ४२ र राम प्रसाद मण्डलले १ सय ३८ मत प्राप्त गरि विजयी भएको प्रधानाध्यापक विपिन झाले जानकारी दिए ।
यसैगरी सरस्वती देवी १ सय ४९, पंचदेव मण्डलले १ सय ३१, विना कुमारी सरदारले १ सय ११ विरेन्द्र साहले १ सय ७, सुनिता कुमारी मण्डलले १ सय ६ ,लिलम देवी खंगले ८४ ,नविन कुमार यादवले ८०, सूर्यदेव मण्डलले ६८,देवेन्द्र रजकले ६५,रानी कुमारी चाैधरीले ६१ मत प्राप्त गरेका छन् ।
कुल मतदाता संख्या १३ सय ३५ मध्ये ७ सय ३२ मत खसेको थियो भने चुनावमा ७ जाना महिला र ९ जाना पुरुष गरि १६ जनाले उम्मेदवारी दिएका थिए ।