• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक अग्रस्थानमा

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक अग्रस्थानमा
न्यूज टुडे
राजविराज, २७ फागुन । 
खेलकुद विकास समिति सप्तरीद्वारा आयोजित जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा खडक नगरपालिका अग्रस्थानमा पुगेको छ । खडक नगरपालिका १० स्थित श्री महेन्द्र मावि इनर्वा फूलवडिया खेल मैदानमा आइतबार सम्पन्न अन्तिम खेलमा खडक नगरपालिकाले अग्रस्थानमा हासिल गरेको हो । 
स्वर्ण पदक विजेता खडक नगरपालिकाका छात्रछात्रा । फोटो : न्यूज टुडे
 प्रतियोगिताको दोस्रो दिनको अन्तिम खेल १००×४ रिले दौडमा खड्क नगरपालिकाले गोल्ड मेडल प्राप्त गरी अग्रस्थान प्राप्त गरेको छ । दोश्रो दिनको अन्तिम खेल परिणाम अनुसार खडक नगरपालिकाले ८ स्वर्ण ३ रजत र  ५  कास्यपदक प्राप्त गरि अग्रस्थानमा रहेको छ भने सुरुङ्गा नगरपालिका ५ स्वर्ण ८ रजत ३ कास्यपदक गरि दोस्रो र बोदेबर्साइन नगरपालिका ५ स्वर्ण ६  रजत २ कास्यपदक गरि तेस्रो स्थानमा छन् । 
पदक प्राप्त खडक नगरपालिकाका छात्रछात्रसहित खेल प्रशिक्षकहरु । फोटो : न्यूज टुडे
यसैगरी  शम्भुनाथ नगरपालिकाले ३ स्वर्ण  ४ रजत ५  कास्यपदक,  सप्तकोशी नगरपालिका १ स्वर्ण २ रजत ६  कास्यपदक,  हनुमाननगर कंकालिनी नगरपालिकाले १ कास्यपदक ,राजगढ गाँउपालिकाले १  कास्यपदक प्राप्त गरेको आयोजकले जनाएको छ । आइतबारसम्म  २२ वटा इभेन्ट सम्पन्न भएको खेलकुद विकास सप्तरीका प्रमुख दिनेश भुजेलले जानकारी दिए । भोलि ( सोमबार) को खेल ३००० मि.दौड छात्र /छात्रा, ४००×४ मि.रिले दौड छात्र/छात्रा, भलिबल छात्र/छात्रा, कबड्डी छात्र/छात्रा विच प्रतिस्पर्धा हुने उनले जानकारी दिए । 
जिल्लाका ८ पालिकाका मावि स्तरीय छात्रछात्रा सहभागी प्रतियोगिता शनिबार देखि सुरु भएको हो ।