• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अब मधेशवाददेखि स्वादेशवादसम्मको यात्रा : महतो

अब मधेशवाददेखि स्वादेशवादसम्मको यात्रा : महतो
न्यूज टुडे
राजविराज, २६ फागुन ।
राष्ट्रिय क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले अव मधेशीले मधेशवाद देखि स्वदेशवादसम्मको यात्रा तय गर्ने बताएका छन्। राष्ट्रिय मुक्ति क्रान्ति मधेश ब्युरोद्वारा जनकपुरधामको उद्योग वाणिज्य संघको सभाहलमा शनिबार आयोजित बहुलराष्ट्रिय राज्य स्थापनार्थ  “बृहत् सम्वादात्मक कार्यक्रम” लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महतोले जनकपुर सदियौंदेखि शक्तिको केन्द्र थियो र रहिरहने बताए । ३ करोड नेपाली जनता र विभिन्न राष्ट्रियताका नेपाली जनताले गर्व र सम्मान गर्ने खालको बहुलराष्ट्रिय राज्यको स्थापना गर्ने अभियानमा आफु लागिपरेको उनले बताए। 
यसैगरी कार्यक्रममा दर्शनशास्त्री बुद्ध छिरिङ मोक्तानले उदारवाद र मार्क्सवादले हाम्रो सभ्यता र संस्कृति मात्रै नभई जिवन र जगत दुवै संकटमा रहेको बताए। एकाइसौं सताब्दीको वैश्वीक राजनीति सभ्यताको र स्थानीय राजनीति जातिको हुने भएकोले यस वेभको राजनीतिक लाभ उठाउन हामी चुक्न नहुने  उनले बताए। 
कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका नेता केशव झाले हामी मधेशीहरु सधैं एक्लै लड्यौं र शासकवर्गले आदिवासी जनजातिसंग एक हुन नदिने खालको भास्य निर्माण गरेर डिभाइड एन्ड रुलको पोलिसि अपनाएर हामीलाई कमजोर बनाएको उनलेटिप्पणी गरे ।  त्यसकारण यस देशमा रहेका सवै उत्पीडित जातजाति र समुदायहरु एक भएर संघर्ष गर्नुको विकल्प नरहेको उनले जिकिर गरे ।
नेपाल एकल राष्ट्रिय राज्य नभई बहुलराष्ट्रिय राज्य भएकोले राष्ट्रिय मुक्ति क्रान्ति सवै नेपालीको निम्ति अपरिहार्य र अनिवार्य रहेको उनको कथन थियो।
कार्यक्रममा  पुर्वमन्त्री तथा संविधानसभा सदस्य राम नरेश राय, राजिव झा, सि. एन थारु, सुमन सायमी, रविन्द्र श्रेष्ठ , कमला गुरुङ, आर के तामाङ, बुद्धिजिवि महारुद्र झा, डा. विनोद साह, पवन मण्डल, सन्तोष मेहता, चन्द्र प्रसाद राजवंशी , दिपेन्द्र चौधरी , कौशल सिंह, राम ज्ञान् मण्डल , दिपक यादव, रमन पाण्डे, विनोद साह, रामबाबु कलवार, नेजामुदिनलगायतकाले मन्तव्य राखेका थिए।
कार्यक्रमको संचालन संजय चौधरीले गरेका थिए।