• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु 

१४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु 
न्यूज टुडे
राजविराज, २६ फागुन । 
सप्तरीको खडक नगरपालिका १० स्थित इनर्वा फुलबडियामा जिल्ला स्तरीय १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संचालन गरिएको छ । सप्तरी जिल्ला खेलकुद विकास समिति राजविराजद्वारा प्रतियोगिता आयोजना गरेको हो ।  
सप्तरी खेलकुद विकास समितिका प्रमुख दिनेश भुजेलको अध्यक्षतामा आयोजित प्रतियोगिताको प्रमुख अतिथि खडक नगरपालिकाका मेयर जयप्रकाश चौधरी, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा र खडक नगरपालिकाकी उपमेयर रिता कुमारी चौधरीले संयुक्त रुपमा उद्घाटन गरे । 
श्री ५ महेन्द्र माध्यमिक विद्यालय इनर्वा फुलबडियाको खेल मैदानमा आयोजित प्रतियोगिता उद्घाटन समारोहमा प्रमुख अतिथि मेयर चौधरी, विशिष्ट अतिथि प्रजिअ थापा, उपमेयर चौधरी, वडा नम्बर १० का वडा अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, ८ का अध्यक्ष विन्दुलाल चौधरी, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देव, देवकान्त चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
मावि इनर्वा फुलबडियाका शिक्षक देवराम यादवद्वारा संचालित कार्यक्रममा स्वागत प्रधानाध्यापक प्रमोद कुमार यादवले गरे । 
फागुन २८ गते सम्म संचालन हुने प्रतियोगितामा खडक नगरपालिका, सुरुङ्गा नगरपालिका, बोदेबर्साईन नगरपालिका, सप्तकोशी नगरपालिका, हनुमाननगर कंकालिनी नगरपालिका, बलान विहुल गाउँपालिका, राजगढ गाउँपालिका र महादेवा गाउँपालिका गरि ८ स्थानीय तहको सहभागीता रहेको सप्तरी जिल्ला खेलकुद विकास समिति सप्तरीले जनाएको छ ।
प्रतियोगितामा विभिन्न दौड, हाइजम्प, लङ्गजम्प, सटपुट थ्रो,ज्याबलिङ थ्रो, त्रिपलजम्प, भलिबल, कबडी लगायतका खेलमा मावि स्तरीय छात्रछात्राहरु विच प्रतिस्पर्धा हुने खेलकुद विकास समितिका प्रमुख भुजेल जानकारी दिए ।