• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

महिला परिवर्तनका बाहक हुन् : अध्यक्ष यादव

महिला परिवर्तनका बाहक हुन् : अध्यक्ष यादव
नर्मदेव यादव
रुपनी, २६ फागुन । 
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवले महिला समाज परिबर्तनको बाहक रहेको बताएका छन् । गाउँपालिकाद्वारा ११४ औं नारी दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि अध्यक्ष यादव । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै अध्यक्ष यादवले महिला समाज परिबर्तनको बाहक भएको बताए । “सामाजिक रुपान्तरणका लागि महिला त्यो शक्ति हो, छिटै समाजलाई विश्वासमा लिएर काम गर्ने क्षमता राख्छ, उनले भने, जो पापी अन्याय अत्याचार गर्नेहरुको बध गर्ने आदि शक्ति पनि हो । ”  उनले समाजलाई अगाडी बढाउन हरेक क्षेत्रमा महिलालाई अवसर दिनुपर्नेमा जोड दिए ।  
बकृत्वकला प्रतियोगिता सहभागी छात्रलाई प्रमाणपत्र प्रदान गर्दै आधी यादव । फोटो:न्यूज टुडे
प्रमुख प्रशासकीय अधिकृत तारणी प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा  वडा नम्बर १ की  अध्यक्ष लिला यादव,पुर्व वडा अध्यक्ष बलो कुजर्नी,आशा देवी इसर, सयपत्री महिला विकास सहकारी संस्था विरेन्द्र बजारकी प्रबन्धक प्रभा पुलामी ,जलेश्री देवि यादव,शिक्षिका लक्षण देवि यादव,रोजगार शाखा प्रमुख राजेश्वर यादवलगायतले  शुभकामना मन्तव्य व्यक्त गरे।
उक्त अबसरमा वडा अध्यक्ष लिला यादव,पुनिता मण्डल,सरिता मण्डल,कार्यपालिका सदस्य बबिता भगत,अनार देवि पासवान,नविना देवि खवास,महिला शाखा प्रमुख रिता साह, पत्रकार नर्मदेव यादव लगायतलाई  सम्मान गरिएको थियो । 
कार्यक्रममा बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी मावि तेरहौताकी धन माया खड्कालाई २ हजार ५ सय,  दोस्रो स्थान ल्याएकी मावि बसविट्टीकी पुजा कुमारी खंगलाई २ हजार र तेस्रो स्थान प्राप्त गरेकी मावि रायपुरकी मिना यादवलाई १ हजार ५ सय राशीको पुरस्कार प्रदान गरिएको छ । 
ऊनीहरुलाई  प्रमुख अतिथि यादव, वडा नम्बर १ की अध्यक्ष यादव  र प्रमुख प्रशासकीय अधिकृत यादवले नगदसहित प्रमाणपत्र, गम्छा, टीका लगाएर सम्मान गरे । 
रुपनी गाउँपालिकाकी महिला शाखा प्रमुख रिता साहद्वारा संचालित कार्यक्रममा स्वागत कार्यपालिका सदस्य नविना खवासले गरिन ।  यसअघि महिलाहरुले झाँकीसहित र्‍याली निकालेर रुपनी बजार परिक्रमा समेत गरेका थिए ।