• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अंकुरी महादेव मन्दिरमा भक्तजनकाे घुइँचो 

अंकुरी महादेव मन्दिरमा भक्तजनकाे घुइँचो 
रामनाथ यादव,
राजविराज, २५ फागुन ।
सप्तरीको महादेवा गाउँपालिका २ स्थित रहेको प्रसिद्ध अंकुरी महादेव मन्दिरमा श्रद्वालु भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रीको अवसरमा शुक्रबार विहानै देखि मन्दिरमा दर्शन गर्नेहरुको भिड लागेकाे हाे ।
 महाशिवरात्री  पर्वको अवसरमा विषेश पुजाको आयोजना गरिएकोले  विभिन्न स्थानबाट आएका भक्तजनहरुको विहानै देखि मन्दिरमा घुइँचो लागेको पुजारी बद्री गिरिले बताए । 
भक्तजनहरुले विहान पाेखरीमा  स्नान गरि जल फूल र विभिन्न सुगन्धित धुप लिएर श्रद्धाका साथ पूजापाठ गरिरहेको उनले जानकारी दिए । भक्तजनहरुकाे भाकल पूरा भएपछि वाजागाजा , भजनकिर्तन , गीत नाचका साथ घर देखि शिव मन्दिरसम्म कठाेर ब्रत र यात्रा गरि पूजापाठ गर्न आएको उनले बताए । यस वर्ष महाशिवरात्रिको अवसरमा ६  हजारभन्दा बढी  श्रद्धालु  भक्तजनहरुले अंकुरी महादेवको दर्शन गरेको पुजारी गिरीले जानकारी दिए । 
महाशिवरात्रिको अवसरमा मन्दिर सरसफाइ, भक्तजनहरुका लागि विशेष व्यवस्था गरिएको तथा प्रहरी , स्वंयमसेवक , नि: शुल्क स्वास्थ्य शिविर संचालन र औषधी वितरण  गरिएको मन्दिर संरक्षण तथा संवर्द्धन समितिका अध्यक्ष राजदेव मण्डलले वताए । 
भक्तजनलाई व्यवस्थित तरिकाले दर्शन गर्ने व्यवस्थाका लागि स्वयंसेवक परिचालन, जिल्ला प्रहरी कार्यालयको सहयोगमा शान्ति सुरक्षाको व्यवस्था मिलाइएको अध्यक्ष मण्डलले जानकारी दिए ।
यसैगरी राजविराजकाे हरिन्देश्वर महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा भजन, कीर्तन, अष्टयाम लगायतका धार्मिक कार्यक्रमका साथै  दीपप्रज्जवलन समेत गरिएको पुजारी महेश्वर भारतीले जानकारी दिए