• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महिलामा लगानी नगर्दा समाज पछाडि
न्यूज टुडे
राजविराज, २४ फागुन । 
महिलामा लगानी गर्न नखोजेको कारण समाज पछाडि परेको एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
बालविवाह बिरूद्ध प्रदेश स्तरीय संजालको सहयोग तथा
परिकल्पना नेपालको आयोजनामा राजविराज नगरपालिका वडा नम्बर १ मा ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रहरीसंग साझेदारी कार्यक्रम अन्तर्गत बालविवाह तथा जबर्जस्ती विवाह अन्त्यका लागि हाम्रो प्रयास बिषयक अन्तरक्रिया कार्यक्रमका  सहभागी बक्ताहरुले कुरा बताएका हुन् ।
बक्ताहरुले महिलामा लगानी गरे मात्र सभ्य र समुन्नत समाजको निर्माण हुनेमा बताए। महिलाको क्षेत्रमा लगानी नगर्दा पुरै समाज पछाडि परेको भन्दै उनीहरुले सामाजिक रुपान्तरणका लागि महिलाको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्नेमा जोड दिए । पूर्व वडा सदस्य कविता रामले महिलाले दिनभरि काममा घोटीदा समेत महिलाको कामको मूल्यांकन नहुनु दुर्भाग्य रहेकोले महिलाको श्रमको तत्काल मूल्यांकन हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा वडा सदस्य खेलानन्दले बालविवाहका कारण बालबालिका हरेक क्षेत्रमा पछाडि परेको बताए ।
बालबालिका ज्यान जोखिममा हुने,उनीहरूबाट जन्मेको बालबालिका दीर्घ रोगी हुने भएकोले बालविवाह अन्त्यका लागि सहयोग गर्ने उनलेे प्रतिबद्धता ब्यक्त गरे ।
परिकल्पना नेपालको अध्यक्ष सुधा देवकको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रणानी हरि प्रसाद पौडेल, प्रहरी हबल्दार पार्वती राउत, दुर्गी देवी रजक,सवाना प्रविण,सुनिता कुमारी परियार,डोली कुमारी सिंहले आ-आफ्ना धारणा राखेका थिए ।