• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
“कर्मकाण्डी सार्वजनिक सुनवाइ”
राजकुमार  साह
कञ्चनपुर,२३ फागुन  ।
सप्तरीको कञ्चनरुप नगरपालिकाले गरेको सार्वजनिक सुनवाइ कार्यक्रम कर्मकाण्डी मात्र रहेको सहभागीले आरोप लगाएको छ ।कञचनरुपको वडा नम्बर -२ स्थित रहेको कबर्ड हलामा बुधबार  आयोजित सार्वजनिक सुनवाइ कार्यक्रमका सहभागीहरुले यस्तो आरोप लगाएको हो ।
सार्वजनिक कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिब रामनारायण विश्वासले औचित्यहिन कार्यक्रम कर्मकाण्डी मात्र भएको आरोप लगाए ।
आर्थिक वर्ष २०७९/०८० र चालू आर्थिक वर्ष २०८०/०८१ को पहिलो चौमासिक सम्मको क्रियाकलाप ,कार्यक्रम र योजनाको सन्दर्भमा सार्वजनिक गर्न  कञ्चनरुप नगरपालिकाले कार्यक्रम आयोजना गरिएको नगर प्रमुख ललनप्रसाद गुप्ताले बताए ।  
सहभागीहरुबाट उठेको प्रश्नहरुको जवाफ नगरप्रमुख ललनप्रसाद गुप्ता,प्रमुख प्रशासकीय अधिकृत रामनारायण साह र सम्बन्धित शाखा प्रमुखहरुले दिएका थिए । 
नगरप्रमुख गुप्ताको अध्यक्षतामा आयोजित कार्यक्रममा पालिकाको सम्पुर्ण कर्मचारी , १२ वटा वडा मध्ये वडा नम्बर -१ ,वडा नम्बर ९ का वडा अध्यक्षबाहेक १० वटा वडाको अध्यक्ष, कार्यपालिका सदस्य ,सुरक्षाकर्मी ,पत्रकार  र सर्वसाधारणको सहभागिता थियो ।