उत्तम आचार्य
रुपनगर, २३ फागुन ।
पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका १२ धरमपुरमा बुधबार टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दुर्घटनामा कन्चनरुप नगरपालिका ९ निवासी ५० बर्षिय अशोक साहको मृत्यु भएको हो ।
पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र २-०१-०० प ९६३४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको क १ ख ८६३ नम्बरको टिपरले ठक्कर दिँदा साहको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कन्चनपुरले जनाएको छ ।
ब्यापारीको मृत्यु भएको बिरोधमा स्थानीयबासी र मृतकका आफान्तहरुले २ घण्टा देखि रुपनगर चौकमा टायर बालेर सडक जाम गरि प्रदर्शन गरिरहेका छन् । साह रुपनगर चौकका प्रतिष्ठित व्यापारी थिए ।
पछिल्लो जानकारी अनुसार साँझ ६ बजे चक्का जाम खुलेको छ । पीडितले उठाएको माग बमोजिम टिपर चालकलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने सहमतिपछि सडक अवरुद्ध खुलेको हाम्रो रुपनगर सहकर्मी आचार्यले जानकारी दिए ।