न्यूज टुडे
राजविराज, २२ फागुन ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर ६ स्थित राष्ट्रिय प्राथमिक विद्यालय को. मधेपुरामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
प्रधानाध्यापक रामप्रसाद यादवको अध्यक्षतामा तथा तिलाठी काेइलाडी गाउँपालिका ६ का अध्यक्ष राेशन सिंहकाे प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक भेलाले विद्यालय व्यवस्थापन समिति गठन गरेको हो ।
गठित समितिका सदस्यहरुमा सुधान्शु प्रसाद सिंह , केशव साह, महिला सदस्यमा आशा देवी मण्डल र नसिमा खातुन सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिका शिक्षा तथा खेलकुद शाखा संयाेजक चन्द्र भुषन राय,लक्ष्मी वल्लभ नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीका प्रधानाध्यापक विपिन झा ,काे.वर्साइनका प्रधानाध्यापक राधेश्याम मण्डल , हरिहर हरिनारायण राष्ट्रिय प्राथमिक विद्यालय सडेपारका प्रधानाध्यापक अरुण कुमार यादव लगायतकाे उपस्थित रहेकाे थियो ।