• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई

एसइईमा सहभागी हुने विद्यार्थीहरुलाई विदाई
रामनाथ यादव
राजविराज, २२ फगुन ।  
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ अवस्थित रहेको लक्ष्मी वल्लभ नर्सिङ माध्यमिक विद्यालय वभनगामाकट्टीबाट एसइई परिक्षा २०८० मा सहभागी विद्यार्थीहरुलाई विदाई गरिएको छ । विद्यालयका प्रधानाध्यापक विपिन झाकाे अध्यक्षतामा मंगलबार आयोजित एक समारोहका विच उनिहरुलाई विदाइ गरिएको हो । 
विदाइ समारोहमा सहभागी विद्यार्थी तथा अन्य सहभागीहरु । फोटो : न्यूज टुडे
कक्षा ९ का विद्यार्थीहरुद्वारा आयोजित कार्यक्रममा कक्षा १० का विद्यार्थीहरुलाई टीका, माला र खदा लगाई विदाई गरिएको थियो ।
कार्यक्रममा एसइई परिक्षामा सहभागी हुने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामाना सहित विदाई गरिएको छ । उक्त अवसरमा विद्यार्थीहरुले गित तथा नृत्य समेत प्रस्तुत गरेका थिए । 
कार्यक्रममा विद्यालयको शिक्षकहरु विनोद झा, मदन प्रसाद देव , सुन्दर कुमार सिंह नित्यानन्द प्रसाद सिंह , रीता कुमारी यादव, प्रीति कुमारी सिंह ,करिश्मा सिंह , पत्रकार रामनाथ यादव , उपेन्द्र यादव, प्रकाश कुमार मण्डल लगायतलाई  समेत सम्मान गरिएको थियो । 
शिक्षिका अरहुल कुमारी साहद्वारा संचालित  स्वागत शिक्षक भरत कुमार विश्वकर्माले स्वागत गरे । कार्यक्रममा अभिभावक, शिक्षक,विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।