• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान 

राजविराजमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान 
न्यूज टुडे
राजविराज,२१ फागुन । 
सप्तरीको राजविराजमा सोमबार सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको छ ।  सहिद तथा बेपत्ता परिवार ,समाज सप्तरीद्वारा आयोजित एक समारोहका विच उनीहरुलाई सम्मान गरिएको हो । 
समाजकी  जिल्ला अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा पुर्व सिंचाइ मन्त्री  उमेश कुमार यादवको प्रमुख अतिथ्यमा सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो । 
सहिद तथा बेपत्ता परिवारलाई सम्मान कार्यक्रम सहभागीहरु । फोटो:न्यूज टुडे
१० वर्षे जनयुद्घको समयमा तत्कालिन शाही सत्ताद्वारा हत्या तथा बेपत्ता गरेका सप्तरीका गोबिन्द चौधरी,उमेश यादव,इन्द्रदेव विश्वास,रेखा कुमारी रसाइली,सरिता कुमारी साह,रमेश राम,बिजली यादव,रामु मुखिया,राम विलास राम लगायत दुई दर्जन भन्दा वढी शहीद तथा बेपत्ता परिवारहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।
प्रमुख अतिथि पुर्व मन्त्री यादव, माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य असर्फी सदा ,पुर्व प्रदेस सदस्यद्धय छेदी रजक,भागवत यादव ,बेचन चौधरी ,छिन्नमस्ता गापाका उपाध्यक्ष  राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,महासचिव गोपाल गुप्ता ,करम लाल यादव , राजु यादव, राजविराज ९ का वडाध्यक्ष जयनारायण मण्डल , वडाध्यक्ष गङ्गा खङ्ग, लगायतले सहिद परिवारका सदस्यहरुलाई सम्मान गरे । 
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री  यादवले मुलुकमा १० वर्षै महान जनयुद्घ र जनआन्दोलनको जगमा मुलुकमा भएको विभिन्न आन्दोलनको रापतापको कारण संघीय लोकतान्त्रिक गणतन्त्र आएको बताए ।  सधै सत्ताको वरीपरी रमाउने पार्टी भित्रकै केही व्यक्तिहरु अहिले विभिन्न रुपमा सलवगाउन खोजेको उनले आरोप लगाए । पार्टीको अस्तित्व रक्षाको लागी सवैले आफनो कमी कमजोरीलाई छोडेर एकतावद्ध भएर अगाडी वढेमा जिल्लामा  लाल झण्डा फहराउने उनले उद्घोष गरे । यसमा पार्टीका नेता,कार्यकर्ताको साथै सहिद तथा बेपत्ता परिवारको साथ सहयोगको आवश्यकक्ता रहेको उनले बताए ।
कार्यक्रममा केन्द्रिय बैकल्पिक सदस्य असर्फी सदा ,पुर्व प्रदेश सदस्यहरु छेदी रजक,भागवत यादव , अग्नीसाईर कृषासवरन गापा अध्यक्ष बेचन चौधरी ,छिन्नमस्ता गापाका उपाध्यक्ष  राजो देवी यादव ,प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार देवराम यादव, प्रेस सेन्टर  मधेस प्रदेस अध्यक्ष किरण कर्ण ,वडाध्यक्ष जयनारायण मण्डल ,सुखदेव साह,केदार देव,राजराम लगायतकाले १० वर्षे  जनयुद्घ र पञ्चायतको समयमा देशका लागि जीवन समर्पण गर्ने शहीदको बारेमा चर्चा गरे ।