• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

किसान महासंघ मधेश मधेश पुनर्गठन, अध्यक्षमा हरेराम

किसान महासंघ मधेश मधेश पुनर्गठन, अध्यक्षमा हरेराम
न्यूज टुडे
राजविराज, २० फागुन । 
जनता समाजवादी पार्टी नेपाल निकट समाजवादी किसान महासंघ मधेश प्रदेश समिति पुनर्गठन गरिएको छ । समाजवादी किसान महासंघ नेपालद्वारा सप्तरीको राजविराजमा आयोजित दुइदिने प्रादेशिक भेलाले हरेराम यादवको नेतृत्वमा ३१ सदस्यीय मधेश प्रदेश समिति पुनर्गठन गरेको हो।
समाजवादी किसान महासंघ मधेश प्रदेशका नवनिर्वाचित अध्यक्ष हरेराम यादव । फोटो:न्यूज टुडे
महासंघको आइतबार सम्पन्न प्रादेशिक भेला तथा संगठन पुनर्गठन कार्यक्रमबाट गठित समितिको उपाध्यक्षमा मनोज कुमार सिंह,अरुण कुमार यादव, डम्बर कुमारी न्यौपाने, मुख्य सचिबमा राम गिरि, सचिबमा मो. साविर अलि र कोषाध्यक्षमा ब्यन्ती देवी चयन भएका छन् । 
समितिको सदस्यहरुमा अयोधी यादव, अंगत प्रसाद साह, जिवछ प्रसाद यादव, चनरदेवी खंग, जगदीश यादव, श्रीलाल यादव, रामदेव यादव, चन्देश्वर यादव,राजपैत यादव, मानन चौधरी, संजय सिंह, कविता महतो, ललित नारायण महतो, राम सुखित यादव, गोपाल यादव चयन भएका छन् । 
यसैगरी सुधीरा यादव, अरुण कुमार यादव, कृष्णदेव यादव,युगल किशोर कापर, रामचन्द्र कलवार, रामकिसुन राय, गौरी राय, भिखारी राउत कुर्मी, श्यामबाबु प्रसाद रहेका छन् । 
नवगठित समितिका पदाधिकारी तथा सदस्यहरुले आइतबार आयोजित एक समारोहका विच सपथ तथा पदभार ग्रहण गरेका छन् । उनीहरुलाई समाजवादी किसान महासंघ नेपालका केन्द्रिय अध्यक्ष संजय सिंहले सपथ तथा पदभार ग्रहण गराएका थिए । 
उक्त समारोहमा जसपा राजनीति समिति सदस्य एवम् मधेश प्रदेशका पुर्व अर्थ तथा कृषि मन्त्री शैलेन्द्र प्रसाद साह, समाजवादी किसान महासंघ नेपालका उपाध्यक्ष उमेश्वर झा, श्रीप्रसाद भगत,महासचिव ओमकृष्णा श्रेष्ठ, केन्द्रिय कार्य सम्पादन समिति सदस्य भारती कुमारी साह, हरिकला चौलागाईं, चिरञ्जीवी ढकाल, केशव प्रसाद केशरी महतो, किसान महासंघ मधेश प्रदेशका निर्वमान अध्यक्ष दिनेश साह, राष्ट्रिय भुमी आयोग धनुषाका सदस्य राम गोविन्द यादव, जसपा सप्तरीका भाग्य नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।