• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सुरक्षित आवास निर्माणमा युवाहरुले गरे श्रमदान

सुरक्षित आवास निर्माणमा युवाहरुले गरे श्रमदान
न्यूज टुडे 
राजविराज,१८ फागुन । 
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ स्थित वेहराचापमा दलित तथा भुमिहिन सुकुम्बासीका लागि निर्माणाधीन सुरक्षित आवासमा सहयोग पुर्‍याउन युवाहरूले श्रमदान गरेका छन् । ह्यविट्याट फोर हुमानिटी नेपालको सहयोग तथा महुली सामुदायिक विकास केन्द्र बकधुवाको आयोजना शुक्रबार स्थानीय युवाहरुको समुहले आवास निर्माण कार्यमा जनश्रमदान गरेका हुन् ।
जनश्रमदान कार्यक्रम उद्घाटन समारोहमा सहभागीहरु । फोटो : न्यूज टुडे
युवाहरूको समूहले अन्तिम चरणमा पुगेको आवास निर्माण कार्यमा घरको वरिपरि घेराबार र रंगरोगनसहितका अन्य निर्माण कार्यमा सहयोग गर्ने महुली सामुदायिक विकास केन्द्रका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले बताए । २७ जनाभन्दा बढी युवाहरूले शुक्रबार र शनिबार गरि दुईदिनसम्म जनश्रमदान गर्ने उनले जानकारी दिए । 
भुमिहिन दलित भुमिहिन सुकुम्बासीका लागि बेहराचापमा निर्माण गरिएको आवास । फोटो : न्यूज टुडे
उक्त जनश्रमदान कार्यक्रममा बोल्दै अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सवजुल खलिफाले आवास निर्माण कार्यमा वडाको तर्फबाट सहयोगमा कमि आउन नदिने बताए । युवाहरूले दलित तथा सुकुम्बासीको घर निर्माणमा गरेको जनश्रमदानप्रति खुशी व्यक्त गर्दै उनले घर निर्माणमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउने सम्पुर्णलाई धन्यवाद दिए । 
आवास निर्माणमा श्रमदान गर्न तयार युवासंग सामुहिक तस्वीरमा सहयोगी संस्थाका प्रतिनिधि । फोटो: न्यूज टुडे
राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीका सदस्य हरिनारायण महतोले वेहराचापका २७ र वडा नम्बर २  चौफालका १४ गरि ४१ घर भुमिहिन सुकुम्बासी र भुमिहिन दलित परिवारलाई छिटै लालपुर्जासहित आवास प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । 
महुली सामुदायिक विकास केन्द्र वकधुवाका अध्यक्ष श्यामकान्त चौधरीले ह्याविट्याटको सहयोगमा १५ बर्षदेखी दलित तथा भुमिहिन सुकुम्बासीलाई आवास निर्माणमा सहयोग पुर्‍याउदै आएको बताए । पछिल्लो समाय स्थानीय सरकारसंग सहकार्य र सहयोग लिएर विपन्न तथा भुमिहिनहरुको पहिचान गरि सुरक्षित आवास निर्माण गरि हस्तान्तरण गरिएको उनले जानकारी दिए ।
उनले हाल संचालनमा रहेको बेहराचाप र चौफालमा निर्माण गरिएको सुरक्षित आवास चैत मशान्तभित्र घरधनीलाई हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे । 
ह्याविट्याट फोर हुमानिटी नेपालका कार्यक्रम संयोजक सैयद सरबरले आवास निर्माणलाई सहयोग गरि लगानी घटाउने उदेश्यले श्रमदान कार्यक्रम संचालन गरेको बताए । यस्ता कार्यक्रमले एक-अर्कामा श्रमदान गरि सहयोग गर्नुपर्छ भन्ने भावनाको विकास हुने विश्वास व्यक्त गरे । स्थानीय श्रोत साधनको बढी उपयोग गरि थैरै लगानीमा विपद प्रतिरोधात्मक क्षमता भएको आवास निर्माणका लागि अन्तर्राष्ट्रिय रुपमै संचालित युवा जनश्रमदान कार्यक्रम बेहराचापमा आयोजना गरिएको उनले बताए । 
नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य बृजमान तामाङले भुमिहिन सुकुम्बासी र भुमिहिन दलितलाई  घरजग्गाको मालिक बनाउने सुरक्षित आवास योजना समुदायमा लोकप्रिय बन्दै गएको बताए । सरकारी स्तरबाट यस्ता कार्यक्रमहरु धेरै आएपनि सफल हुन नसकेको चर्चा गर्दै उनले ह्याविट्याट र महुली समुदायले संचालन गरेको आवास कार्यक्रम प्रभावकारी भएको उल्लेख गरे ।
आवाज विहिनहरुको आवाज उजागर गर्नु पत्रकारिताको धर्म भएको बताउँदै उनले राज्यले प्रदान गर्ने सुविधामा सबै नागरिकको पहुँच पुर्‍याउने यस्ता अभियानमा संगै रहेर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
एडिभीका प्रतिनिधि रुपेश चौधरीले सुरक्षित आवास परियोजना संचालन गरिएको ४१ परिवारलाई निशुल्क मिटरसहितको विधुतिकरण गर्ने बताए । उनले एकदुई दिन भित्रै पोलतार जडान कार्य सुरु गर्ने जानकारी दिए । 
भुमिहिन दलित, भुमिहिन सुकुम्बासी सुरक्षित आवास निर्माण उपभोक्ता समिति अग्नीसाईर कृष्णासवरन गाउँपालिका १ बेहराचापकी अध्यक्ष आशादेवी सरदारको अध्यक्षतामा आयोजित जनश्रमदान उद्घाटन समारोहमा राष्ट्रिय भुमी आयोग जिल्ला समिति सप्तरीकी सदस्य अनार कुमारी चौधरी, ह्याविट्याट फोर हुमानिटी नेपालका लेखापाल सुशान्त विमली, लाभग्राही परिवारका सदस्यहरु, विभिन्न संस्थाका प्रतिनिधिहरु तथा स्थानीय युवाहरुको उपस्थिति रहेको थियो ।