• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जीवन विकासद्वारा टुहुरा मुसहर बालबालिकालाई आवास

जीवन विकासद्वारा टुहुरा मुसहर बालबालिकालाई आवास
न्यूज टुडे
राजविराज, १६ फागुन ।
जीवन विकास लघुवित्त वित्तीय संस्थले सप्तरीको रुपनी गाउँपालिकाका ६ का टुहुरा मुसहर बालबालिकालाई आवास सहयोग गरेको छ । संस्थाको बार्षिक उत्सवको अवसरमा स्थानीय स्वर्गीय सुगेश्वरी देवि सदा र फुलचन्द सदाको छोराछोरीलाई आवास तथा जीवन निर्वाहका लागि पसल संचालनमा सहयोग गरेको हो । 
जीवन विकास लघुवित्त वित्तीय संस्थाको बार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा मन्चासिन अतिथिगणहरु । फोटो:न्यूज टुडे
रुपनी गाउँपालिका ६ का अध्यक्ष बद्री नारायण सरदारको अध्यक्षता तथा रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा बुधबार आयोजित एक कार्यक्रमको विच स्वर्गीय सदा दम्पतीको छोराछोरीलाई आवास र पसल संचालनका लागि  सहयोग गर्ने  संस्थाले उद्वघोष गरेका छन् । 
कार्यक्रममा बोल्दै  प्रमुख अतिथि अध्यक्ष यादवले विपन्न टुहुरा बालबालिकालाई सहयोग गरेको भन्दै संस्थालाई धन्यवाद दिए । दलित विपन्न परिवारको उद्वार हुने गरि भएको सहयोगले गाउँपालिकाको विकास र समृध्दिको यात्रामा सहयोग पुगे उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
 संस्थाका संस्थागत तथा सामाजिक विभाग प्रमुख विजय कुमार मण्डलले संस्थाको बार्षिकोत्सवको अबसरमा टुहुरा बालबालिकालाई बास र गाँस सहयोग होस भन्ने उदेश्यले सानो सामाजिक कार्य गरिएको बताए । उनले बालबालिकाहरुको लागि बस्ने घर र जिविकोपार्जनका लागि किराना पसल संचालनमा सहयोग गर्ने जानकारी दिए । संस्थाको तर्फबाट मुसहर बालबालिकाको लागि निशुल्क ( पढाई ) ट्युसनको व्यवस्था मिलाउने उनले बताए । 
टुहुरा बालिकाहरुसं संस्थाका पदाधिकारी तथा कर्मचारीहरु । फोटो : न्यूज टुडे
उनले बार्षिक उत्सवको अबसारमा २४ जिल्लामा विस्तार रहेको १ सय ६० शाखा मर्फत बृक्षरोपन, सरसफाइ, विद्यालयहरुमा हाजिरी जवाफ प्रतियोगिता, शैक्षिक सामग्री वितरण, डस्विन वितरण, आवस हस्तान्तरण सहितका १ सय ६३ वटा सामाजिक विकासको कार्य गरिएको बताए । 
सामाजिक उत्तरदायी कार्यक्रम अनुसार आफ्ना सदस्य स्वर्गीय सदाको टुहुरा बालबालिकाका लागि घर निर्माण तथा श्रमदान कार्यक्रम आयोजना गरिएको वित्तीय संस्थाकी कठौना शाखा प्रमुख ज्ञनि कुमारी चौधरीले बताइन् । 
आवास निर्माणमा ४० हजार नगदसहित ५० भन्दाबढी  विभिन्न व्यक्तिहरुले श्रमदान गरि आवास निर्माणको कार्यलाई अन्तिम चरणमा पुर्‍याएको बताइन् । उक्त आवास छिटै हस्तान्तरण गरिने तथा सोही घरमा १५ हजार रुपैयाँको संस्थाले लगानी गरेर पसल संचालनमा सहयोग गर्ने उनलेे बताइन् । 
संस्थामा आवध्द स्वर्गीय सदाले लघुवित्तबाट लिएको ३८ हजार ऋण मिनाहा गरिएको र दुबै दम्पतीको लागि १० हजारको दरले क्रिया खर्च उपलब्ध गराउनुको साथै टुहुरा बालबालिकाका लागि तीन पटकसम्म विभिन्न खाद्यन्न सहयोग गरिएको उनले जानकारी दिइन् । 
जीवन विकास लघुवित्त वित्तीय संस्थाकी सदस्य सुगेश्वरीदेविको १ बर्ष अगाडि निधन भएको तथा त्यस लगत्तै उनको श्रीमान फुलचन्द सदाको समेत  यहि साल निधनभपछी उनीहरुको ४ नाबालक सन्तानको विचल्ली भएपछि बालबालिकाको जीवन यापनमा सहयोग  पुर्‍याउने उदेश्यले संस्थाको तर्फबाट सहयोग गरिएको संस्थाका सप्तरी प्रमुख राकेश कुमार साहले बताए ।
कार्यक्रममा संस्थाका मधेश प्रदेश प्रमुख रामनारायण यादव,वरिष्ठ अधिकृत अनिल कुमार चौधरी, आन्तरिक लेखा परिक्षण विभाग प्रमुख विनोद कुमार साह, नेपाल पत्रकार महासंघका प्रदेश परिषद सदस्य बृजमान तामाङ,रुपनी गाउँपालिका ६ का वडा सदस्य सुर्यनारायण मेहता संस्थामा आवध्द सदस्यहरुको उपस्थिति थियो । 
स्वर्गीय सदा दम्पतीको १८ बर्षकी छोरी ललिता कुमारी सदा, १२ बर्षका छोरा सुमित कुमार सदा, ९ बर्षकी छोरी काजल कुमार सदा र ४ बर्षकी छोरी पुनिता कुमारी सदा छन् । 
बुवाआमा दुबै गुमाएपछि परिवारकी जेठी सदस्य ललिताको काँधमा भाइबहिनी पाल्ने जिम्मेवारी थपिएकाले इटा भट्टामा गरेको मजदुरीबाट आएको थोरै आमदानीबाट घरखर्च चलाई रहेकी छिन् ।