• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

चारबुँदे सहमतिपछि अग्नीसाईरका अध्यक्ष विरुद्धको आन्दोलन स्थगित

चारबुँदे सहमतिपछि अग्नीसाईरका अध्यक्ष विरुद्धको आन्दोलन स्थगित
न्यूज टुडे
राजविराज, १६ फागुन । 
सप्तरीको अग्नीसाईर कृष्णाससरन गाउँपालिका र वेथिति विसंगति विरुद्वको संघर्ष समिति विच ४ बुँदे सहमति भएको छ । गाउँपालिकामा बुधबार भएको बार्तामा आन्दोलनरत पक्षको माग पूरा गर्ने र १९ दिनदेखि जारी आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने दुइपक्ष विच सहमति भएको हो । 
सहमतिपछि अध्यक्षको कार्यकक्षमा लगाएको ताला खोल्दै । फोटो:न्यूज टुडे
सहमतिमा गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी तथा वडा अध्यक्षहरु र संघर्ष समितिको तर्फबाट संयोजक अरुण कुमार चौधरी र बार्ता टोली सदस्यहरुले हस्ताक्षर गरेका छन् । 
यसअघि गाउँपालिका अध्यक्षले गरेको इटहर्वा बजार कलौनी सितापुरको जग्गा सिफारिसलाई संशोधनसहित भुमी सुधार तथा मालपोत कार्यालय सप्तरीलाई रोक्का सिफारिस गर्ने, आन्दोलनरत पक्षबाट विगत १९ दिनदेखि जारी आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु आजैबाट फिर्ता लिने, गाउँपालिका अध्यक्षको कार्यकक्षमा लगाएको ताल्चा खोल्ने, अब उपरान्त उक्त विषय लिएर गापाको कामकाजमा खलल पुर्‍याउनुको साथै जनप्रतिनिधि कर्मचारीमाथि अभद्र व्यवहार, गाली गलौज नगरी कुनैपनि किसिमको विवादहरु बार्ताबाट समाधान गर्ने सहमति पत्रमा उल्लेख छ । 
आन्दोलनरत पक्षलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी । फोटो : न्यूज टुडे
सहमति पत्रमा गाउँपालिकाको तर्फबाट अध्यक्ष चौधरी, वडा नम्बर ४ का अध्यक्ष महेश प्रसाद यादव,  ३ का अध्यक्ष गोपाल प्रसाद चौधरी, ६ का अध्यक्ष अशोक कुमार आचार्य, वडा नम्बर २ का अध्यक्ष पशुपति प्रसाद चौधरीले हस्ताक्षर गरेका छन् । 
यसैगरी आन्दोलनरत पक्षबाट संयोजक अरुण कुमार चौधरी, सदस्यहरु मिलन कुमार चौधरी, महेश कुमार चौधरी, तुलसी प्रसाद चौधरी,  तेजराज भुजेल, बद्री नारायण चौधरी, बेचन मण्डल, श्याम चौधरी, वाणी चौधरीले हस्ताक्षर गरेका छन् । 
गाउँपालिकासंग सहमति भएपछि अध्यक्षको कार्यकक्षमा लगाइएको ताला समेत खोलिएको र आन्दोलनका सम्पुर्ण कार्यक्रम स्थगित गरिएको संघर्ष समितिका सदस्य एवम् बजार व्यवस्थापन समितिका सल्लाहकार योगेन्द्र प्रसाद चौधरीले जानकारी दिए । आफ्नो एकल निर्णयबाट गरेको कार्य भुलबस भएको र आफुभन्दा माथीको कार्यपालिका बैठकले जग्गा रोक्का राख्ने निर्णय गरिसकेकाले आन्दोलन स्थगित गर्न अध्यक्षले अनुरोध गरेपछि घोषित आन्दोलन फिर्ता लिएको संघर्ष समितिका संयोजक अरुण कुमार चौधरीले बताए । 
गत  माघ २८ गते गाउँपालिका अध्यक्ष दिनानाथ चौधरीले इटहर्वा बजारको विवादित जग्गा रोक्का फुकुवा र घरबाटो सिफारिस भुमिसुधार तथा मालपोत कार्यालय सप्तरीलाई गरेपछि स्थानीयबासी आन्दोलित भएका थिए । 
वडा अध्यक्षको क्षेत्र अधिकारलाई हस्तक्षेप गरि तत्कालीन सगरमाथा ग्रामिण एकीकृत विकास परियोजना सितापुर प्रशवनी साविक सितापुर( क) कित्ता नम्बर ६५ क्षेत्रफल १ विघा ३ कठ्ठा ६ धुर हाल कित्ता नम्बर ६५५ क्षेत्रफल १ विघा २ कट्ठा १७ धुर विवादित जग्गाको रोक्का तथा घरबाटो सिफारिस गापा अध्यक्ष चौधरीले गरेका थिए । 
मंगलबार गाउँपालिका अध्यक्षले गरेको सिफारिसलाई उल्टाउँँदै संशोधनसहित पुन: रोक्का गर्ने कार्यपालिका बैठकले निर्णय गरेका थिए । निर्णयसंगै यस गाउँपालिका अध्यक्षले गरेको रोक्का तथा घरबाटो सिफारिस कार्यान्वयन नगर्न मालपोत कार्यालय सप्तरीलाई पत्राचार समेत गरिएको वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादवले बताए ।