• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश

विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जसपामा प्रवेश
न्यूज टुडे
राजविराज, २५ माघ । 
सप्तरीको महादेवा गाउँपालिकामा नेपाली काँग्रेस, माओवादी केन्द्र लगायतका विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । महादेवा गाउँपालिका वडा नम्बर ५ का पुर्व वडा अध्यक्ष रमेश प्रसाद मण्डल, बाल कुमार मण्डल र मुरारी शुक्लाको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरि उनीहरु जसपामा प्रबेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा काँग्रेसका स्थानीय नेता पुर्व वडा अध्यक्ष मण्डल, माओवादी केन्द्रका बाल कुमार मण्डल, काँग्रेसका देवु खंग, जिवछी देवी खंग, पलाहाँस देवी राम, ज्ञानि देवी राम, सितली देवि राम, चन्देश्वरी देवी राम रहेका छन् । 
यसैगरी बौवालाल खंग, नारायण खंग, सुकदेव खंग , रामप्रसाद खंग, बेचन सदा, राजेन्द्र प्रसाद मण्डल, लक्ष्मी सदा, इन्दल सदा, पुलकित ठाकुर, बैजनाथ पण्डित, रामदेव साह, सचेन्द्र कुमार मण्डल, बौवालाल ठाकुर, राज कुमार यादव, अशोक कुमार यादव, लाल खंग, छ्देव खंग,भोला खंग सितादेवी ठाकुर रहेका छन् । 
जसपा वडा समिति अध्यक्ष रविन्द्र यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जसपा राजनीतिक समिति सदस्य एवम् पुर्व अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह, केन्द्रिय सदस्य विकास कुमार तिवारी, प्रदेश सदस्य एवम् सिरहा जिल्ला इन्चार्ज कौशेन्द्र यादव, जिल्ला कार्यकारिणी समिति सदस्य दिप नारायण यादव, नेता दिपक कुम्मर यादव, दानालाल यादव , बेचन यादव,गाउँपालिका अध्यक्ष अशोक कुमार यादव, पुर्व वडा अध्यक्ष उमेश यादव लगायतकाले फुलमाला अविर लगाएर उनीहरुलाई पार्टी प्रबेश गराएका थिए ।