• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सरकारी गाडीको दुरुपयोग रोक्न साँसद कर्ण सडकमा

सरकारी गाडीको दुरुपयोग रोक्न साँसद कर्ण सडकमा
न्यूज टुडे
राजविराज , २० माघ । 
सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधनको दुरुपयोगलाई रोक्न जनप्रतिनिधिहरु सडकमा उत्रिएका छन् । पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको खडक नगरपालिका ७ स्थित कल्याणपुरमा शनिबार कानूनको पालना गराउन साँसददेखि वडा अध्यक्षसम्म सडकमा उत्रिएका हुन्। 
नरबहादुर स्मृति प्रतिष्ठान शाखा सप्तरीको आयोजनामा सरकारी गाडीको दुरुपयोग भई रहेको भन्दै पूर्वपश्चिम राजमार्गको कल्याणपुरमा सरकारी नम्बर प्लेटको गाडि रोकी चेकजाँच गरी बिना पासको गाडीलाई नचलाउन आग्रह गरेका छन् ।
सरकारी विदाको दिन सरकारी सम्पतिको दुरुपयोग भई रहेको भन्दै त्यसलाई रोक्न आयोजित कार्यक्रममा नरबहादुर स्मृति प्रतिष्ठान शाखा सचिव समेत रहेकी प्रदेशसभा सदस्य माला कुमारी कर्ण, खडक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष कमालउद्दिन मियाँ, वडा सदस्यहरु तुला चौधरी, काजल पासवान, संस्थाका सदस्यहरु देवनारायण प्रमाणी, निभा कुमारी चौधरी, कृतिक कुमार कर्ण (रौनक) लगायतका सहभागिता रहेको थियो । 
विरोध स्वरुप तिन घण्टा सम्म आजलाई रोकको र पछि सप्तरीको विकास र समृद्धिको लागि अझै अर्को कार्यक्रमहरु संचालन गर्ने सांसद कर्णले बताइन् । 
नियम विपरित सरकारी कर्मचारीले बिदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने क्रम बढेपछि नेपालको संविधान कार्यान्वयन, कानूनको पालना र सुशासन कायम गर्नको निम्ती प्रतिष्ठानले सार्वजनिक विदाको दिन सरकारी गाडीलाई रोकी सरकारी काम बाहेक नचलाउन आग्रह गरेको प्रतिष्ठान सप्तरीका अध्यक्ष ध्रुब कुमार मण्डलले जानकारी दिए । 
“सरकारी सम्पति सरकारी कामको लागि मात्र उपयोग हुनुपर्ने हो, यसले नियमको धज्जी मात्र उडाएको छैन, सरकारी सम्पत्तिको दुरुपयोग र फजुल खर्च पनि बढाएको छ, अध्यक्ष मण्डलले भने, सरकारी सवारी साधन लिएर बिदाको दिन डुल्न जाने, सामान किनमेल गरी ओसार्न प्रयोग गर्ने र व्यक्तिगत काममा प्रयोग गर्ने गरेको पाइएपछि हामीले माघ ४ गते सप्तरीको प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका थियौं ।” 
कानूनको कार्यान्वयन गर्नु गराउनु आफुहरुको पनि दायित्व भएकोले हामीले यस्तो कदम चालेको अध्यक्ष मण्डलले बताए ।