• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

सप्तरीमा पेस्तोल र गाँजासहित तीन युवक पक्राउ

सप्तरीमा पेस्तोल र गाँजासहित तीन युवक पक्राउ
न्यूज टुडे 
राजविराज, १६ माघ । 
सप्तरीमा मोटरसाइकल चोरीमा संलग्न तीन  जना युवकलाई पेस्तोल र गाँजासहित प्रहरीले पक्राउ  गरेको  छ । सप्‍तरीको महदेवा गाउँपालिका १ ढिकली घर भई हाल राजविराज नगरपालिका १ राजदेवी टोल बस्ने २६ बर्षका सुमित मण्डल र भारतको बिहार राज्य अन्तर्गत मधुवनी ग्राम पन्चायत फुलपरास विसनपुर सिस्वा वरही वडा नम्बर  ५ बस्ने २७ बर्षका रणवीरलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । 
गोलि लोड गरिएको कटुवा पेस्तोल र लागू औषध गाँजासहित  राजविराजबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत १२ माघको राति राजविराज  नगरपालिका ६ स्थित सानिमा बैंक अगाडीबाट पार्किङ गरी राखेको प्र. २-०१-००१ प ८६१४ नम्बरको १६० सिसिको अपाचे मोटरसाईकल चोरी भएको थियो । चोरीमा संलग्न व्यक्तिहरुलाई खोजतलास एवम् प्राबिधिक अनुसन्धान गर्ने सिलसिलामा १५ माघमा राजविराज ६ पुरानो बस पार्कबाट प्रदेश ०६-००१ प ०७५७ नम्बरको मोटरसाईकलमा आउदै गरेका मण्डल समातिएकाे सप्तरी प्रहरीका प्रबक्ता डीएसपी ढुन्डीराज नेउपानेले बताए । उनको शरीर तलासी लिँदा निजले लगाएको ज्याकेटको खल्तीमा लोड गरिएको अबस्थामा कटुवा पेस्तोल थान-१ र यसमा लाग्ने  ८ एमएम लेखिएको गोली थान-१ फेला परेको उनले बताए ।
बरामद पेस्तोल र गोली नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछ गर्दा निजले मोटरसाईकल आफुसहित रनबीर मिलेर चोरी गरेको र भारतमा लगी बेचेको बताएको डिएसपी नेउपानेले बताए  ।
उनको बयानका आधारमा यादवको खोजतलास गर्दा १५ माघमै उनलाई BR 32 AT 0139 नम्बरको मोटरसाईकलमा पछाडी भारतमै बस्ने विभस यादवलाई पछाडि बसाई आउदै गरेको अबस्थामा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
पक्राउ परेकाहरुको शरीर तलासी लिँदा मोटरसाईकलमा पछाडी बसेका विभस यादवको साथबाट लागु औषध गाँजा ६ सय २ ग्राम फेला परेको प्रहरीको भनाई छ ।
उनीहरूविरुद्ध हातहतियार खरखजाना, लागूऔषध र चोरी सम्बन्धी मुद्दामा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।