• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सिन्डिकेटमा पालिका चलिरहेको  शिक्षा अधिकृतको आरोप 

सिन्डिकेटमा पालिका चलिरहेको  शिक्षा अधिकृतको आरोप 
राजकुमार साह
कञ्चनपुर ,१२ माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका शिक्षा अधिकृत प्रेम कुमार चौधरीले सिन्डिकेटको आधारमा पालिका चलाइरहेको आरोप लगाएको छ । नगर प्रमुख ललन प्रसाद गुप्ताले विधि, प्रक्रिया, नियम विपरीत सिन्डिकेटको आधारमा पालिका संचालन गरिरहेको उनले आरोप लगाएका हुन् । 
गत माघ ३ गते नगर प्रमुख गुप्ताको अध्यक्षतामा पालिकाको सभा हलमा नगर शिक्षा समिति नियम विपरीत चयन गरेको  शिक्षा अधिकृत चौधरीले आरोप लगाए ।
समिति संघीय ऎन २०२८  र पालिकाको आफ्नै शिक्षा ऎन २०८० विपरीत  सिन्डिकेटको आधारमा नगर शिक्षा समिति चयन गरेको उनको भनाइ छ ।
“पालिकाको शिक्षा ऎनमा उल्लेखनै नभएको ब्याक्तीहरुलाई समितिमा लिएको छ, उनले भने, समितिमा हुनुपर्ने ब्याक्तीहरुलाई बाहिर राखी नियमलाई चुनौती दिएको छ ।” 
पालिकामा प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृतको दरबन्दी हुँदा -हुँदै नगर प्रमुख गुप्ताले  नियम विपरीत सिन्डिकेटको आधारमा  निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई समितिको सदस्यमा र गैर शिक्षा सेवाका कर्मचारीलाई सदस्य सचीवमा  राखेको चौधरीले बताए ।
 स्वास्थ्य अधिकृतलाई सदस्य , वडा अध्यक्षलाई आमन्त्रित सदस्यमा  चयन गरेको अधिकृत चौधरीले जानकारी दिए ।
नाम उल्लेख नगर्ने सर्तमा ,गठित नगर शिक्षा समितिका एक सदस्यका अनुसार पालिकाले २०७७ मा ल्याएको शिक्षा कार्यविधि जसरी संघीय शिक्षा ऎनसंग बाझिएको थियो । पुनः  अहिलेको पालिकाका शिक्षा ऎनमा पनि धेरै बुँदा बाझिएको उनले  जानकारी दिए ।
“पालिकाको तत्कालीन शिक्षा कार्यविधिमा जसरी नगर प्रमुख र उपप्रमुखले राजनीतिक उदेश्यले आफ्नो बर्चस्व रहने गरि कार्यविधी बनाएको थियो, उनले भने, ठिक अहिलेको  ऎनमा संघीय ऎनसंग बाझिनेगरी नगर प्रमुखले आफ्नो सिन्डिकेट कायम राख्नको लागि पालिकाको  ऎनमा घुमाउरो भाषामा शब्दहरु थप गरेको छ ।”
पालिकाको एक अधिकृतका अनुसार संघीय ऎनसंग बाझिनेगरी स्थानीय तहले कानुन बनाउन मिल्दैन । तर, पालिकाको शिक्षा ऎन संघीय ऎनसंग बाझेनगरी ल्याएको तथा तत्कालीन शिक्षा कार्यविधि जस्तै  हालको ऎनलाई चाँडै कानुनी उपचारको आबश्यकता रहेको उनले जानकारी गराए ।
यसबारे नगरप्रमुख गुप्तासंग बुझ्दा ऎन अध्यन गरेर मात्र भन्न सकिने प्रतिक्रिया दिए ।