• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

मेग्जिन चौरीयामा थारु साँस्कृतिक महोत्सव

मेग्जिन चौरीयामा थारु साँस्कृतिक महोत्सव
न्यूज टुडे 
राजविराज, ११ पुस । 
सप्तरीको सप्तकोशी नगरपालिका स्थित रहेको प्रसिद्ध मेग्जिन चौरिया मेलामा बिहिवार थारु साँस्कृतिक महोत्सव आयोजना गरिएको छ । पुसि पुर्णिामा धामको अवसरमा थारु संस्कृतिक संरक्षण संघ नेपाल केन्द्रिय समिती, जिल्ला समिती र पालिका स्तरीय समितिद्वारा संयुक्त रुपमा थारु साँस्कृतिक महोत्सवको आयोजना गरेको हो । 
संघका केन्द्रिय संस्थापक अध्यक्ष एवम् साँस्कृतिक अभियानता गयानन्द चौधरीको अध्यक्षता तथा साँस्कृतिक विद एवम् इतिहासकार लक्ष्मण प्रसाद चौधरीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा थारु पौराणिक गित तथा नृत्य प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा संघमा आवद्ध राष्ट्रिय तथा स्थानीय कलाकारहरुले थारु पौराणिक दानलिला, मानलिला, धुम्रा सोरेठ, चोर खेलि, धामी, जटाजटिन, साँमाचकेवा ब्रहेन नाँच,ब्रमसा, छ्मसा, भिलाषा लगायतका थारु पौराणिक गित तथा नृत्य प्रस्तुत गरिएको थियो । 
थारु मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्ने उदेश्यले २०६१ सालमा स्थापना गरिएको संघले थारु, आदिवासी जनजाति तथा नेपालका सम्पुर्ण जातजातिको कला,संस्कृतिको खोज अनुसन्धान र संरक्षणका लागि काम गरिरहेको संस्थाका अध्यक्ष चौधरीले बताए । 
साँस्कृतिक अभियानमा सबै क्षेत्रको सहयोग आबश्यक रहेको बताउदै उनले लोप हुने अवस्था रहेको नेपाली सभ्यतालाई जगर्नामा राज्यपक्ष समेत गम्भीर हुनुपर्नेमा जोड दिए । 
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मण चौधरी, धर्मगुरु मुरली घरानन स्वामी , राजनीतिक तथा सामाजिक अभियनता विनोद कुमार चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका महासचिव बृजमान तामाङ, थाकस केन्द्रिय पुर्व उपसभापति एवम् त्रियुगा नपाका पुर्व उपप्रमुख रामदेवी चौधरी, थारु महिला समाज सप्तरीकी अध्यक्ष संसारी देवि चौधरी,संघका जिल्ला अध्यक्ष तेज नारायण चौधरी, सप्तकोशी नागर अध्यक्ष सोनेलाल चौधरी, साँस्कृतिक अभियनताहरु भवन चौधरी, शिव नारायण चौधरीलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे । 
थारु संस्कृति संरक्षण संघ सप्तरीकी उपाध्यक्ष रिमु चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत केन्द्रिय महासचिव किसोर कुमार लेखीले गरे । 
कार्यक्रममा सप्तरी,उदयपुरका विभिन्न स्थानीयतहबाट झाँक्रीसहित थारु, राई, तामाङलगायतका विभिन्न जातिले सहभागीता जनाएका थिए । 
उक्त स्थानमा पुसि पुर्णिामाको दिन ठूलो मेला समेत लाग्दै आएको छ ।