• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अख्तियारी नदिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको आरोप 

अख्तियारी नदिएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेको आरोप 
राजकुमार साह
कञ्चनपुर ,१० माघ ।
सप्तरीको कञ्चनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुशोतम घिमिरेले नगर प्रमुख ललन प्रसाद गुप्ताले चालु आर्थिक वर्षको बजेट खर्चको अख्तियारी नदिएको आरोप लगाएका छन् । ७६ करोड भन्दा बढि बजेट खर्च गर्ने  अख्तियारी  रितपुर्वक नदिएको भन्दै घिमिरेले नगरप्रमुख गुप्तामाथि आरोप लगाएका हुन् ।
अख्तियारी नदिंदा अंशिक बाहेक अन्य बजेट खर्च हालसम्म गर्न नपाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले गुनासो गरे ।
कञ्चनरुप पालिकाको  नगरसभाले चालु आर्थिक  वर्ष २०८०/८१ को लागि ७६ करोड ७०लाख२०हजार ६सय ७८ रुपैयाँको   बजेट पारित गरेको चार महिना बितिसक्दा समेत हाल सम्म  नगर प्रमुख गुप्ताले रितपुर्वक हुने अख्तियारी नदिंदा पालिकाको बजेट खर्च हुन नसकेको  प्रमुख प्रशासकीय अधिकृत घिमिरेले बताए ।
प्रमुख प्रशासकीय अधिकृत घिमिरेका अनुसार  स्थानीय सरकार सञ्चालन ऎन,२०७४को दफा ७३ अनुसार सभा सम्पन्न भएको ७ दिनभित्र नगरप्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्नेछ ।
“नेपाल सरकारले स्थानीय तहबाट हुने खर्च तथा आम्दानी दुबैको हिसाब राख्न सुत्र स्पटवेयर प्रयोग गरेको छ, उनले भने, जसमा योजना तथा कार्यक्रम प्रबिष्ट गरेपश्चात अख्तियारी समेत स्पटवेयरले नै तयार गरिदिन्छ ।”
उक्त सिस्टमले बजेट खर्च गरेको आफै जनरेट गराउछ । वितिय समानिकरण,समपुरक / विषेश अनुदानको निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालयले सुत्र( SUTRA) को अख्तियारी आवश्यक परेपनि नगर प्रमुख गुप्ताले हालसम्म सो बमोजिमको अख्तियारी नदिएकोले पहिलो/दोस्रो  चौमासिक निकासा नभएको घिमिरेले जानकारी दिए ।
नगर प्रमुख ललन प्रसाद गुप्ताले  प्रमुख प्रशासकीय अधिकृतको नाममा २०८० असोज १७ गते खर्च गर्ने अख्तियारी दिइएको पत्र बमोजिम पालिकाको असोज २ गते भएको नवौ नगर  सभाबाट आ.व. २०८०/८१ स्वीकृत वार्षिक कार्यक्रम ,योजना र बजेट खर्च गर्ने अख्तियारी स्थानीय सरकार सञ्चालन ऎन ,२०७४को दफा ७३ मा ब्यवस्था भए अनुसार गर्न गराउन हुन अनुरोध गरेको पत्रमा उल्लेख गरेको छ ।
उक्त अख्तियारी आंशिक रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय राजबिराजका  प्रमुख शरण लुइँटेलले बताए ।
“कञ्चनरुप नगरपालिकाले  दशै अगाडि आंशिक रुपको एक अख्तियारी पठाएको छ,  बजेट खर्च  शिर्षक  तोकेर नै हामीले ढाचा पठाइएका छौ , उनले भने, उक्त ढाचा अनुसार बजेट सुत्रमा प्रविष्ट गरेर   अख्तियारी पठाउनु होला अनि मात्र बजेट निकासा हुने जानकारी सम्बन्धित पक्षहरुलाई गराएका छौ ।
 कनचनरुप नगरपालिकाले सुत्रको ढाचामा रितपुर्वकको अख्तियारी नपठाउदा बजेट खर्च निकासा हुन सकेको छैन, उनले थपे ,दशै अगाडी पालिकाको कर्मचारीहरुको तलब,भत्ता खुवाउनको लागि पालिकाले आंशिक अख्तियारी दिएको थियो । रितपुर्वकको अख्तियारी दशै पछि दिने शर्त बमोजिम तलब,भत्ताको लागि रकम निकासा गरेको थियो । तर, हाल सम्म सुत्रमा अख्तियारी दिएको छैन ।
“जबसम्म सुत्र सहितको अख्तियारी पालिकाले दिदैन तब सम्म बजेट खर्च निकासा कोष तथा लेखा नियन्त्रक कार्यालयले गर्दैन, कार्यालय प्रमुख लुइँटेलले भने ।”