• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जनमतद्वारा प्रदेश सरकारको समर्थन फिर्ताको निर्णय

जनमतद्वारा प्रदेश सरकारको समर्थन फिर्ताको निर्णय
शिवनारायण साह सुरज
राजविराज,९ माघ ।
दुई मन्त्रीसहित मधेश प्रदेशको सरकारमा सहभागी जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेको छ । समर्थन फिर्तासंगै प्रदेशको सरकारबाट समेत बाहिरिने निर्णय लिएको हो ।
मधेशको सरकारको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी,नेपाल(जसपा)ले मधेशी जनतामाथि गरेको क्रुर दमन,अत्याचार,सीमान्तकृत र दलितमाथि गरेको विभेद,दर्जनौं काण्डमा गरेको चरम भ्रष्टाचार र मधेशमा लादेको जंगलराज र गुण्डाराजको बिरोधमा समर्थन फिर्ता लिएको पार्टीका राष्ट्रिय सचिव विपि साहले बताएका छन् । उनले यस्ता कार्यको बिरोधका साथ दमन र भ्रष्टाचारका बिरुध्द आन्दोलन थाल्ने समेत जानकारी दिएका छन् ।
यसै क्रममा जनमत पार्टीबाट प्रतिनिधित्व गरिरहेका मधेश प्रदेशका शिक्षामन्त्री तथा संसदीय दलका नेता महेश प्रसाद यादवले मंगलबारै प्रदेश प्रमुखलाई सम्बोधनका साथ प्रेषित पत्रमा प्रदेशको मुख्यमन्त्री नियुक्तिमा नेपालको संबिधानको धारा १६८ अनुसार पार्टीको समर्थन रहेकोमा आजकै मितिबाट संसदीय दलको निर्णय अनुसार समर्थन फिर्ता लिएको उल्लेख छ ।