सप्तरीको कञ्चनरुप नगरपालिका -८ स्थित बेरियरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १७ औं वार्षिक उत्सव मनाएको छ । सहकारीले रक्तदान कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाएको हो ।
रक्तदान गर्दै एक युवक । फोटो: न्यूज टुडे
सहकारीको प्राङ्गणमा आयोजित कार्यक्रममा सर्वसाधारण , शेयर सदस्य तथा कर्मचारीहरुले रक्तदान गरेका छन् ।
१६औ वर्ष पार गरि १७औं वर्षमा प्रवेश गरेको बार्षिक उत्सवको अवसरमा ३२ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष अनोज कुमार यादवले जानकारी दिए ।
रक्तदान गर्नेहरुमा ४ जना महिला र २८ जना पुरुष रहेको उनले बताए ।
रक्तदान गर्ने महिलाहरूमा कञ्चनरुप -८ कि नुतन कुमारी मरबैता यादव ,वडा -१२ कि दिपा पोखरेल,भुमिका श्रेष्ठ र सुजाता अलि छिन् ।
सम्मानित व्यक्तिसंग सामुहिक तस्वीरमा अध्यक्ष यादव । फोटो : न्यूज टुडे
यसैगरी पुरुषहरुमा कञ्चनरुप -१ का अर्जुन कुमार पन्जियार,मुकेश कुमार सरदार , वडा नम्बर -२ का शत्रुध्न प्रसाद बिराजी,राजकुमार साह,वडा -४ का बिनोद कुमार बर्मा ,सचिदानन्द प्रसाद यादव ,लालु यादव ,तिर्थ नारायण भगत,खेमराज यादव , वडा- ७ का मिनबहादुर अधिकारी , सौरभ दहाल, वडा-८ का निरोज कुसियैत यादव,नव जीवन साह सुडि, डम्बर यादव ,प्रताप कुमार साह,रति सुमन गुप्ता(बिटु), वडा-९ का राजेश यादव ,वडा-१२ का अभिषेक गौतम,राकेश मण्डल ,ओमप्रकाश पोखरेल,सन्दीप राउत, वडा-१० का सन्जय कुसियैत यादव , तिरहुत गाउँपालिका वडा-१ का रबिन्द्र कुमार मसैता, वडा-३का रितेश कुमार साह, बिराटनगर मोरङका सुरज कुमार ठाकुर र हनुमान नगर कन्कालनी न.पा.-२का उमेश कुमार यादव लगायतले रक्तदान गरेका छन् ।
उक्त अवसरमा संस्थाले दुइजनालाई सम्मान गरिएको छ । नियमित सावा,ब्याज भुक्तानी गर्ने सविता राणा भट्टराई र ऋण असुल गरेवापत सहकारीका ऋण अधिकृत उमेश परिहसत सम्मानित भएका हुन् । उनीहरुलाई सहकारीका अध्यक्ष अनोज कुमार यादवले प्रशंसा-पत्रद्वारा सम्मान गरेका थिए ।