• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

करार कर्मचारी सेवा अवधि थप नगर्न जनप्रतिनिधिहरुको निवेदन दर्ता

करार कर्मचारी सेवा अवधि थप नगर्न जनप्रतिनिधिहरुको निवेदन दर्ता
न्यूज टुडे
राजविराज, २९ पुस ।
करार कर्मचारीको सेवा अवधि थप गर्ने विषयलाई लिएर राजविराज नगरपालिकाका जनप्रतिनिधिहरु दुईधारमा बाँडिएका छन् । इन्जिनियर अशोक दास, फिरोज अलि, राजविराज पोलिटेक्निक क्याम्पस राजविराजका प्रमुख ओसो कर्ण र जेसिवी चालक श्याम दासको सेवा अवधि थप गर्ने विषयमा जनप्रतिनिधि विभाजित भएका हुन् ।
राजविराज नगरपालिकाका २५ कार्यपालिका सदस्य मध्ये १९ जनाले उनीहरुलाई हटाउने मागसहित नगरपालिका कार्यालयमा निवेदन दर्ता गरेपछि जनप्रतिनिधिहरु विचको विवाद उत्कर्षमा पुगेको छ ।
जनप्रतिनिधिहरु विचनै मत विभाजन भएपछि पुस मसान्तसम्म मात्र करार सेवा अबधि रहेका इन्जिनियर दास, क्याम्पस प्रमुख कर्ण जेसिवी चालक दासको सेवा समाप्त भएको हो ।
गैर जिम्मेवार कर्मचारीहरुलाई हटाउन र स्थायी कर्मचारी ल्याउन सहमतिका लागी प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङलाई दुइहप्ता अगाडि निवेदन दिदा समेत सुनुवाइ नभएको एक कार्यपालिका सदस्यले जानकारी दिए ।
उनका अनुसार इन्जिनियर अलिको गत असारमै करार सेवा समाप्त हुँदा समेत हालसम्म कार्यरत छन् भने अन्य ३ कर्मचारीको पुस मशान्त सम्ममात्र सेवा अवधि रहेको छ ।
इन्जिनियर द्वोय दास र अलिले जिम्मेवारी बहन नगरेको, जेसिवी चालक दास कामै नगरी बस्ने गरेको तथा क्याम्पस प्रमुख कर्णले ४ बर्षसम्म पनि आयव्यय सार्वजनिक नगरेकोले उनीहरुको सेवा अवधि नथप्न बहुमत कार्यपालिका सदस्यले अडान लिएका छन् ।
कार्यपालिका सदस्यहरुको मत विभाजनले कार्यपालिका बैठक बस्न नसक्दा नगरपालिकाले बजेटका लागि माथिल्लो तहमा पठाउनु पर्ने लिजा पठाउन नसकिएको नगर प्रबक्ता एवम् वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिए ।
“नगरपालिकाले पुस मशान्त भित्र लिजा पठाउनु पर्ने थियो, प्रबक्ता मण्डलले भने, कार्यबाहक नगरप्रमुख इसरत परविनले समयमा बैठक बोलाएर निर्णय लिन नसक्दा नगरपालिका असफल सावित भयो ।”