• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विद्यालय क्षेत्रमा सुर्तीजन्य तथा मादकपदार्थ विक्री वितरणमा रोक

विद्यालय क्षेत्रमा सुर्तीजन्य तथा मादकपदार्थ विक्री वितरणमा रोक
नर्मदेव यादव
रुपनी, २८ पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ स्थित माध्यमिक विद्यालय कटैया हर्दिया क्षेत्र वरिपरि मादकपदार्थ तथा सुर्तीजन्य पदार्थ विक्री वितरणमा रोक लगाएको छ ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम आशिष इसरको अध्यक्षता तथा रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक सर्वपक्षीय भेलाले यस्तो निर्णय गरेको हो ।
भेलाले विद्यालयको सय मिटर वरिपरि विद्यालय संचालन समय अबधि भित्र गुट्का,चुरोट, जाड रक्सी गाँजालगायतको सामाग्री विक्री वितरण नगर्ने तथा सेवनमा प्रतिबन्ध लगाउने, त्यस क्षेत्रभित्र, तासजुवा  खेल्ने नदिने र विद्यालयलाई असरपर्ने गतिविधि कसैले नगर्ने-नगराने निर्णय भएको अध्यक्ष ईसरले जानकारी दिए । निर्णय सार्वजनिक गर्दै प्रमुख अतिथि यादवले विद्यालयलाई सफासुगर राखी समयमा खोली पठनपाठन गुणस्तरीय बनाउन निर्देशन दिए ।
शिक्षाको गुणस्तरीय हेर्न चाहान्छु, पढाईमा बिद्यार्थीसंग ठगी भयो भने सम्बन्धित पक्षलाई कारबाही गर्नेछु ।, उनले भने, त्यसमा कसैसँग सम्झौता हुँदैन
।” विद्यालय वरिपरि मादक पदार्थ र सुर्तीजन्य सामाग्रीमा पुर्ण रोक लगाउने तथा अबैध गतिविधिलाई निरुत्साहित हुने निर्णय कार्यान्वयनमा सबैले सहयोग पुर्‍याऔं । “
सरोकारबलाहरुले शिक्षक तथा व्यवस्थापन समितिको   कमि कमजोरीको विषयमा निगरानी राख्नुपर्नेमा उनले जोड दिए ।
बैठकमा २०८० साल भन्दाअगाडि विद्यालयको हरहिसब प्रधानाध्यापक शेलेन्द्र कुमार मण्डलले सार्बजनिक नरेकोले माघ मसान्त भित्र हरहिसाव बुझाउनुपर्ने तथा  सबैपक्षको सहकार्यमा विद्यालाई सुधार गर्ने समेत निर्णय भएको जनाइएको छ ।
विद्यालय व्यवस्थापन समितिद्वारा आयोजित कार्यक्रममा वडा अध्यक्ष अमर मुखिया, सदस्य गुन्जेश्वर सन्त, विद्यालय व्यवस्थापन समितिका केन्द्रिय महासचिव गुर्गानन्द ठाकुर, नेपाली काङ्ग्रेस प्रतिनिधि    सत्य शरण इसर, माओबादी केन्द्रका जिल्ला सदस्य देब लाल माली, राधेश्याम मण्डल, एमाले जिल्ला सदस्य हरि शंकर इसर, राज कुमार मुखिया, राज नारायण माझी, लोसपा प्रतिनिधि झल्लु प्रसाद माझी, जसपा प्रतिनिधि राजु कापैर, जनमतका भिखो माझी लगायतले आ- आफ्नो धारणा राखेका थिए ।