• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनी ३ का ४३ जनालाई जग्गाधनी प्रमाण
नर्मदेव यादव
रुपनी, २० पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ३ का ६३ जना भुमिहिन दलित र भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण (निस्सा) वितरण गरिएको छ । वडा अध्यक्ष अमर लाल मुखियाको अध्यक्षता तथा राष्ट्रिय भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादवको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहको विच जग्गाधनी प्रमाण वितरण गरिएको हो ।
रुपनी गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि यादव, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव, उपाध्यक्ष पुष्पा श्रेष्ठ लौगी, प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव, राष्ट्रिय भुमी आयोग सप्तरी सदस्य हरि नारायण महतो, अनार कुमारी चौधरी, भुमी आयोग रुपनी गाउँपालिका सेवा केन्द्र प्रमुख लाल  बहादुर राउत,राज कुमार मुखिया, हलेश्वर कामैतलगायतका स्थानीय जनप्रतिनिधि विभिन्न पार्टीका प्रतिनिधिहरुले शुभकामना मन्तव्य व्यक्त गरे।
कार्यक्रममा ४३ जना दलित सुकुम्बासी, भुमिहिन सुकुम्बासीलाई जग्गाधनी प्रमाण (निस्सा) वितरण गरिएको रुपनी गाउँपालिका ३ का अध्यक्ष मुखियाले जानकारी दिए ।
प्राबिधिक होम नारायण यादवद्वारा संचालित कार्यक्रममा स्वागत वडा सदस्य गुन्जेश्वर सन्तले गरे ।