• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सानाकिसान सहकारीको २५ औं बार्षिक साधारणसभा सम्पन्न

सानाकिसान सहकारीको २५ औं बार्षिक साधारणसभा सम्पन्न
नर्मदेव यादव
रुपनी, १७ पुस ।
सानाकिसान कृषि सहकारी संस्था लिमिटेड नकटीरायपुरको २५ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष बलराम यादवको अध्यक्षता तथा जसपा केन्द्रिय सदस्य एवम् रुपनी गाउँपालिकाकी पुर्व उपाध्यक्ष बेचनी देवी सरदारको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
कार्यक्रममा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सरदारले सहकारीको पैसा आफ्नै  भएकोले यसको संरक्षणमा जोड दिइन् ।
कार्यक्रममा सानाकिसान प्रदेश संघका सदस्य एवम् पातो अध्यक्ष सत्यनारायण यादव, सानाकिसान विकास लघुवित्त वित्तीय संस्था लहानका फिल्ड कोर्डिनेटर दिलिप कुमार यादव, सानाकिसान कृषि सहकारी संस्था ओद्राहाका प्रबन्धक विष्णुदेव यादव, घोघनपुर अध्यक्ष ॠखिमाया थापा, छिन्नमस्ताका प्रबन्धक विरेन्द्र प्रसाद साह, नकटीरायपुरका संस्थापक सदस्य कृष्णदेव यादव, शेयर सदस्य चन्दर चौधरी,कर्मचारी कल्याण बचत तथा ॠण सहकारी संस्थाका अध्यक्ष फुलदेव यादवलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

संस्थाका व्यवस्थापक धनश्याम यादवद्वारा संचालित कार्यक्रममा स्वागत संचालक समिति सदस्य लाल बहादुर मेहताले गरे ।
संस्थाका अध्यक्ष यादवद्वारा प्रस्तुत आब ०७९/०८० को अध्यक्षीय तथा ६ करोड ९६ लाख ३२ हजार २ सय ८० रुपैयाको आयव्ययसहित लेखापरीक्षण प्रतिबेदन तथा आव २०८०/०८१ को लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको संस्थाका व्यवस्थापक धनश्याम यादवले जानकारी दिए ।