• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

गठबन्धन स्वीकार गरेर चुनावमा जाँदा कांग्रेस कम्जोरः उपसभापति गुरुङ

गठबन्धन स्वीकार गरेर चुनावमा जाँदा कांग्रेस कम्जोरः उपसभापति गुरुङ

राजकुमार साह
कञ्चनपुर ।
संघिय कानुन न्याय तथा संसदीय व्यबस्था मन्त्री एवम् काँग्रेसका उपसभापति धनराज गुरुङले गठबन्धन स्वीकार गरेर स्थानीय ,प्रदेश र केन्द्रको चुनाब लड्दा मधेसमा काँग्रेस कमजोर भएको बताएका छन् ।
नेपाली काँग्रेस सप्तरी निर्वाचन क्षेत्र १ (ख) द्वारा सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियामा शनिबार आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै मन्त्री गुरुङले काँग्रेसलाई कसैको बैशाखी आबश्यक नरहेको बताउदै उनले आप्mनै बैशाखीले हिड्ने गरे प्रगति हुने विश्वास व्यक्त गरे । अब आउने चुनावमा काँग्रेस कसैसंग गठबन्धन गरेर चुनाव नलडने समेत उनले स्पष्ट पारे ।
काँग्रेसलाई अरु पार्टीको चश्माले हेर्दा मधेसमा कमजोर देखेकाले गठबन्धनको आँखाले हेर्दा मधेसबाट मन्त्री मण्डलमा कम प्रतिनिधि सहभागी गरिएको बताए।
रामराजा स्वस्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि प्रक्रियाहरु चाडै अगाडि बढाएर यहाँका विद्यार्थीहरु यहि पढ्ने बताबरण बनाउने उनले प्रतिबद्धता व्यक्त गरे । १४ औं महाधिवेशनबाट निर्वाचित सप्तरी लगायत सतहत्तरै जिल्लाको सभापतिलाई सहयोग गर्नु पर्ने बताउदै उनले विधिप्रकिया सम्वत निर्वाचित समितिलाई असहयोग गर्न नमिल्ने टिप्पणी गरे ।
चुनावको बेला बिचारको रुपमा चुनाव हुने भएपनी चुनावको परिणाम आएपछि गुट उपगुट छोडेर परिणाम स्वीकार गर्दै अगाडि बढ्नु पर्नेमा मन्त्री गुरुङले जोड दिए ।
काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले मिसन ८४ नभएर काँग्रेस कसरी संगठित र मजबुत हुन्छ त्यो सब भन्दा बढी जरुरी रहेको बताए ।
वडादेखी क्षेत्र , प्रदेशका साथि र निर्वाचित जनप्रतिनिधिहरुले जब सम्म काम गर्दैन संगठन र काँग्रेस बलियो नहुने उनको कथन थियो  । काँग्रेसले मधेसी र दलितलाई मन्त्री नबनाउँदा मधेशमा काँग्रेस कमजोर भएको समेत रसाइलीको टिप्पणी थियो ।
काँग्रेसका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, क्षेत्रीय सभापति ,नगर सभापति लगायतकाले समेत आ– आप्mनो विचार व्यक्त गर्दै एकजुट भएर संगठन निर्माणमा जुटुनुपर्नेमा जोड दिए ।
प्रदेश सभा क्षेत्र १(ख) का सभापति उमेश मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा नेबि संघका जिल्ला अध्यक्ष राकेश मण्डल ,तरुण दलका जिल्ला सदस्य रबिन्द्र गोइत, काँग्रेसका जिल्ला सचीव सन्तमण्डल प्रबक्ता नन्दकिशोर यादब,भरतराज शर्मा लगायतका सहभागिता थियो ।
कार्यक्रम सञ्चालन युवा नेता रामनरेश यादवले गरेको थियो ।