• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सिरहाका आँप व्यवसायीहरु संगठित 
न्यूज टुडे
राजविराज, २९ मंसिर ।
सिरहका आँप व्यवसायीहरु संगठित भएका छन् । सिरहाको धनगढीमाई नगरपालिका ९ स्थित मौवाडाडाँमा शुक्रबार आयोजित आँप व्यवसायीहरुको जिल्ला स्तरीय भेलाले जगदीश यादवको अध्यक्षमा १५ सदस्यीय आँप व्यवसायी संघ सिरहा गठन गरेको हो ।
गठित समितिका उपाध्यक्षमा धनश्याम यादव, सचिबमा विजय कुमार राम, सह सचिबमा दिनेश कुमार चौधरी र कोषाध्यक्ष संतोष कुमार पुर्वे चयन भएका छन् ।
यसैगरी गठित समितिको सदस्यहरुमा शिव चरण कामैत, निरज साह, पवन श्रेष्ठ, गुरुदेव पुर्वे, मनोज महासेठ, दिपो राम, विन्देश्वर मेहता, रन्जित कुमार साह, बेचन साह, राम आधार यादव रहेका छन् ।
स्थानीय आँप व्यवसायी खिन्द्रराज श्रेष्ठको अध्यक्षता तथा आँप जोन संचालन समन्वय समिति सिरहाका अध्यक्ष डेनोक मोक्तानको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।
भेलाले आँप जोन संचालन समन्वय समिति र नवगठित आँप व्यवसायी संघ विच समन्वय गरि जिल्लामा उत्पादन भएको आँपलाई ब्राण्डिङ्ग गर्ने तथा स्थानीय व्यपारीहरुलाई प्रोत्साहन गर्दै बाहिरी व्यपारीहरुलाई निरुत्साहित गर्दै जाने निर्णय समेत गरिएको जनाइएको छ ।