• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जसपा सप्तरीका उपाध्यक्षसहित १३ जनामाथि कारबाही

जसपा सप्तरीका उपाध्यक्षसहित १३ जनामाथि कारबाही

न्यूज टुडे
राजविराज, ११ मंसिर ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीका उपाध्यक्ष उमेश प्रसाद यादवसहित १३ जनामाथि कारबाही भएको छ । पार्टी विरुद्ध गुटबन्दी गरि आम कार्यकर्ता माझ भ्रम सिर्जना गरेको भन्दै उपाध्यक्ष यादवसहित १३ जनालाई पद मुक्त गरिएको हो ।
जसपा सप्तरीका अध्यक्ष केदार प्रसाद यादवको अध्यक्षतामा पार्टी कार्यालय राजविराजमा सोमबार सम्पन्न बैठकले उनीहरुलाई पदमुक्त गर्ने निर्णय गरिएको जसपा जिल्ला सचिब हरेराम यादवले बताए । उनीहरुलाई पदिय जिम्मेवारीबाट हटाइए पनि पार्टीको साधारण सदस्यबाट भने नहटाइएको उनले जानकारी दिए ।
सचिब यादवका अनुसार पार्टीका उपाध्यक्ष उमेश प्रसाद यादव, उपसचिव निलेश कुमार झा, जिल्ला कार्यकारिणी समिति सदस्य दयानन्द गोइत, सुचिता यादव, जिल्ला सदस्य बेचु साह रहेका छन् ।
यसैगरी छिन्नमस्ता गाउँपालिका अध्यक्ष महेश यादव, उपाध्यक्ष उमेश यादव, तिरहुत गाउँपालिका अध्यक्ष बिरेन्द्र मिश्र, तिलाठी कोइलाडी गाउँपालिका उपाध्यक्ष माधव कुमार राय, सचिब शिवनाथ यादव, शम्भुनाथ नगरपालिकाकी उपाध्यक्ष संसारीदेवि चौधरी, डाक्नेश्वरी नगरपालिका सचिब उमेश यादव र समाजवादी युवा संघ सप्तरीका अध्यक्ष शिवशंकर यादव (शिवम) छ्न ।
जिल्ला समिती सप्तरीले मंसिर १ गते ७ दिनको अल्टिमेटम दिइ सोधिएको स्पष्टीकरणको जवाफ नदिएकोले उनिहरुलाई पदबाट हटाइएको अध्यक्ष यादवले जानकारी दिए  ।
जसपाका असन्तुष्ट पक्षले गत कार्तिक २२ गते छुट्टै भेला आयोजना गरि उमेश प्रसादको नेतृत्वमा जिल्ला समानन्तर समिति घोषणा गरेका थिए ।