• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
महुली सामुदायिकको २९ औं साधारणसभा सम्पन्न
न्यूज टुडे
राजविराज, २० कार्तिक ।
महुली सामुदायिक विकास केन्द्र  बकधुवाको २९ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षता तथा सप्तरी निर्वाचन क्षेत्र नम्बर १( क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् मधेश प्रदेशका पुर्व मन्त्री राज कुमार लेखीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक समारोहका विच साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभामा मन्चासिन प्रमुख अतिथिसहित अतिथिगणहरु । फोटो: न्यूज टुडे
महुली स्थित संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि लेखी, जिल्ला समन्वय समिति सप्तरीक उपप्रमुख शम्भु कुमार यादव, सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद ढकाल, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी,भुमी आयोग सप्तरीका अध्यक्ष हरेराम यादव, सप्तकोशी नगरपालिकाका उपप्रमुख रिता कुमारी चौधरी,  अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

यसैगरी प्रभु बैंक राजविराज शाखाका प्रबन्धक ज्ञान साह, माछापुच्छ्रे बैंक शाखा महुलीका प्रबन्धक निरज आचार्य, आदर्श दुग्ध सहकारी संस्था महुलीका प्रबन्धक बोधराज सुवेदी, एडिबिका रुपेश कुमार चौधरी, मिना बस्नेत,डब्लु एचएचका श्याम कुमार चौधरी, ह्याविट्याट नेपालका इन्जिनियर राजिव बर्मालगायतकाले समेत शुभकामना मन्तव्य व्यक्त गरे ।

साधारणसभामा सहभागीहरु । फोटो : न्यूज टुडे
कार्यक्रममा संस्थाका निर्देशक तथा कार्यकारी सचिब प्रभु नारायण चौधरीले प्रगति प्रतिवेदनसहित आव २०७९/०८० को ३ करोड ९९ लाखको आयव्यय तथा आगामी आव २०८०/०८१  को लागि प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संस्थाका सहायक निर्देशक एवम् सुरक्षित आवास परियोजनाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरी र टिआरआरका फिल्ड अफिसर कविता चौधरीद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत संस्थाका महासचिव श्रावण कुमार चौधरीले गरे ।