• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
माओवादीको अगुवा कार्यकर्ता भेला सम्पन्न
न्यूज टुडे
राजविराज, १६  असोज ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र महादेवा गाउँपालिका वडा नम्बर ६  स्तरीय भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सप्तरी कमाण्ड १ को आयोजनामा मंगलबार वडा  स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो ।
 नेकपा माओवादीका हरि नारायण मण्डलको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य राम कुमार शर्माको  प्रमुख अतिथिमा वडा भेला आयोजना गरिएको थियो।
 उक्त अवसरमा प्रेस सेन्टरका केन्द्रिय सल्लाहकार तथा प्रकाशन,प्रसारण विभागका सदस्य देवराम यादव ,पूर्व जिल्ला सदस्य तथा पालिका ईन्चार्ज दिपेन्द्र माझी ,पुर्व जिल्ला सदस्य कृष्णदेब मण्डल,केदार देव, मो.डोमन,रामचन्द्र मण्डल,सुरेन्द्र यादव,भागवत साह,गजेन्द्र साह लगायतले पार्टीको ३ महिने अभियान सफल पार्न  आग्रह गरे ।
भेलाले हरी नारायण मण्डलको  संयोजकत्वमा २५ सदस्यीय वडा स्तरीय अभियान समिति गठन गरेका छन् ।