• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट

उपराष्ट्रपति यादव र चिनियाँ प्रतिनिधि मण्डलबीच भेट

न्यूज टुडे
राजविराज, १ असोज ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र चिनियाँ प्रतिनिधि मण्डल विच भेटवार्ता भएका छन् । नेपाल भ्रमणमा रहेका चीनको युनान प्रान्तको सीपीसीका स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीसंग उपराष्ट्रपति यादवले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा सोमबार शिष्टाचार भेट गरेका हुन् ।

भेटमा उपराष्ट्रपति यादवले नेपाल भ्रमणमा रहेका यो चिनियाँ टोलीको भ्रमण सुखद एवं फलदायी हुने विश्वास व्यक्त गर्दै भ्रमणको सफलताको शुभकामना समेत दिए ।
‘यो भ्रमणले नेपाल र चीनबीच रहिआएको सौहाद्र्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्नेछ, उनले भने, ‘नेपाल र चीन असल छिमेकी,घनिष्ट मित्र एवं भरपर्दो विकास साझेदार रहिआएका छन् ।’ उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी र एकअर्काको आधारभूत स्वार्थ, चासो तथा संवेदनशीलताको जगमा बलियो संग उभिएको बताए ।
‘मेरो विचारमा उच्चस्तरका भेटघाट, सम्पर्क तथा भ्रमणहरु हाम्रो सम्बन्धलाई थप मजबुत तथा प्रगाढ बनाउन र जनस्तरसम्म पुर्याउन महत्वपूर्ण रहने भएकाले आगामी दिनमा दुवै देशबीच भ्रमण आदानप्रदानलाई महत्वका साथ प्राथमिकता दिनुपर्दछ’ उनले भने ।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवम् लामो समयदेखिको विकास साझेदार रहिआएको बताए । उनले गत अगस्टमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अथिति सत्कारको उच्च प्रशंसा गर्दै युनानको कुनमिंगमा ७ औं चाइना–साउथ एशिया एक्स्पोजिसन र २७ औ चाइना (कुनमिङ) इम्पोर्ट एण्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकोमा टोली समक्ष धन्यवाद व्यक्त गरे ।
‘नेपालको कुल बाह्य व्यापारमध्ये चीनसंगको हिस्सा करीब १४ प्रतिशत रहेकोमा यसलाई बृद्धि गर्न सकिने सम्भावनाहरु धेरै छन ’ उनले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनुका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरुको निकासी गर्न अनुरोध गर्दछु । ’

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकोले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताए ।
चिनियाँ भ्रमण टोलीका नेतृत्व गरिरहनुभएकी जेङ यानले आफूहरुको यो भेटघाटबाट असाध्यै खुशी भएको जनाउँदै दुई देशीय सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आप्mनो स्तरबाट प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरिन ।