• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

माउण्ट आबुमा शान्तिकालागि मिडिया कन्फ्रेन्स

माउण्ट आबुमा शान्तिकालागि मिडिया कन्फ्रेन्स

शिवनारायण साह सुरज
माउण्ट आबु(भारत)२४ भदौ ।
भरतको माउण्ट आबुमा पाँच दिने वैश्विक शान्ति र सद्भावकालागि सशक्त मिडिया कार्यक्रमको आयोजना गरिएको छ ।

सेप्टेम्बर १२ तारिखसम्म चल्ने उक्त कार्यक्रममा सप्तरीका पत्रकार टोलीको समेत सहभागिता रहेको छ ।  ब्रह्माकुमारी राजयोग सेवा केन्द्र हेडक्वार्टरले आयोजना गरेको उक्त मिडिया कन्फ्रेन्समा आईतबार बोल्दै नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवले आफूहरुकहाँ पनि पत्रकारिताले शान्ति स्थापनामा जेजति काम गर्न आवश्यक छ त्यस अनुपातमा काम गर्न बाँकी नै रहेको बताए ।
पत्रकारिता पनि शान्तिको बाधक रहेको बताउँदै उनले यसमा सुधारको आवश्यकता रहेको बताए । अहिले पनि शान्ति भन्दा द्वन्दमा पत्रकारिताको अभ्यास हुने गरेको छ,उनले भने,नेपालमा पनि शान्ति पत्रकारिताको निकै आवश्यकता छ । मोफसलमा पनि राजनीति, पुलिस र पब्लिकको पत्रकारिता हुने गरेको बताउँदै उनले शान्तिका पक्षमा पनि कलम चलाउन आवश्यक रहेको सुझाव दिए ।

अध्यक्ष देवले नेपाल र भारतका वीच त्रेता युगदेखि नै भाइचाराको सम्बन्ध चल्दै आएको बताउँदै पत्रकारिताका माध्यमबाट पनि यस सम्बन्धलाई अझै प्रगाढ बनाउन सकिने दावी गरे ।