न्यूज टुडे
राजविराज, २७ श्रावण ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज ) रौतहट शाखा गठन भएको छ । २४ औं आदिवासी जनजाति पत्रकार महासंघको स्थापना दिवसको अवसरमा रौतहटको गरुडामा शनिबार आयोजित एक समारोहका विच विवेक कुमार चौधरीको नेतृत्वमा जिल्ला शाखा गठन गरिएको हो ।

गठित समितिको उपाध्यक्षमा युभाष श्रेष्ठ, सचिबमा दिपक श्रेष्ठ, सह सचिवमा विनोद चौधरी र कोषाध्यक्षमा आशिष कुमार चौधरी चयन भएका छ्न ।
यसैगरी समितिको सदस्यहरुमा आकाश चौधरी, मन्जु मानन्धर लगायतका छ्न ।
सोही भेलाले ओमकिशोर चौधरी र गौतम श्रेष्ठलाई सल्लाहकार चयन गरेको अध्यक्ष चौधरीले जानकारी दिए ।

उक्त असारमा आदिवासी जनजाति पत्रकार महासंघ बारा शाखाले प्रदेश समितिका पदाधिकारीहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि गुजारा नगरपालिकाका प्रमुख सन्तलाल चौधरी र गरुडा नगरपालिकाका उपप्रमुख पुनमदेवी चौधरीले प्रदेश समितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए ।