शिव प्रसाद आचार्य
राजविराज, २५ श्रावण ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेलले पत्रकार दमनमा उत्रिएका सप्तरीका सिडिओले माफी माग्नुपर्ने बताएका छन् । नेकपा एमालेको राजविराजमा बिहिवार सम्पन्न जनसंगठन समन्वय संयन्त्रको बैठकमा प्रमुख आतिथ्यको आषणबाट बोल्दै नेता प्याकुरेलले सिडिओले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका हुन ।
पत्रकार तथा मानव अधिकारकर्मी मनोहर पोखरेलमाथी भएको प्रहरी दमन तर्फ इंगित गर्दै नेता प्याकुरेलले जाँहा पत्रकार कुटिन्छन्, जाँहा मानवाधिकारकर्मी कुटिन्छन् त्याहाँका जनताले कस्तो शान्तिसुरक्षा पाएको होलान भन्दै प्रति प्रश्न गरे । जाहाँ एउटा पत्रकारले कार्यालय प्रवेशमा अनुमति पाउदैनन ,समाचार संकलन गर्न पाउदैनन भने त्यस्तो कुन कार्यालय हो भन्दै प्याकुरेलले सप्तरीको सिडिओले माफी माग्नुपर्ने बताए ।
पत्रकार कुट्ने प्रहरीलाई निलम्बितको नाटक न रची हदैसम्मको कारबाही गर्नुपर्नेमा उनको जोड थियो । पत्रकारहरुको हाल जारी आन्दोलनमा एक्यवद्धता जनाउदै प्याकुरेलले यहाँका जनता सहिद हुनु तयार छ्न तर प्रशासन संग नडाराउने बताए । प्याकुरेलले प्रचण्ड नेतृत्वको सरकारलाई सुनकाण्ड,सेना समायोजन, भुटानी शरणार्थीको फायल खोल्न चुनौती दिए ।
नेकपा एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादवले एमाले विरुद्ध सबै पार्टी एक ठाँउ भएपनि एमाले कहिल्यै सानो नहुने बताए । जनसंगठन समन्वय संयन्त्र मधेश प्रदेशकी उप सचिब आरती भण्डारीले बर्तमान सरकारले मधेस प्रदेशको बजेट कटौती गरि काँग्रेसी नेताको गृह जिल्लामा लगाएको आरोप लगाईन । जाहाँ मल छैन, बीउ छैन, पानी छैन त्याहाँकै कृषि क्षेत्रको ११ अर्व बजेट कटौती प्रचण्ड सरकारले गरेको बताइन् । मधेशका स्थानीय तहको बजेट प्रचण्ड सरकारले भारी कटौती गरेको बताउदै उनले काँग्रेसको काँधमा चढेर बनेको प्रचण्ड सरकार मधेश विरोधी भएको टिप्पणी गरिन । नेकपा एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले मधेशमा हुने जातीय राजनीति सफल नहुने तर्क गरे ।
यहाँ जातको नाममा राजनीति गर्ने र कुर्सी पाएपछि पुरै मधेश विर्सने नेताहरुको पछि नलाग्न उनले आग्रह गरे । कार्यक्रममा नेकपा एमाले जिल्ला उपाध्यक्ष अव्दुल मजिद साकिर, बुद्धिजीवी परिषदकी कविता प्रमाणि, भुमिश्रमिकका मधेश प्रदेश अध्यक्ष गुन्ज खडका, ओविसीका केन्द्रिय महासचिव अशोक कुमार यादव, एमाले प्रदेश सदस्य वसन्त मिश्र, एमाले मधेश प्रदेश प्रचारप्रसार प्रमुख सोम प्रसाद शर्मालगायतको उपस्थिति रहेको थियो । जनबर्गिय संगठन सप्तरीका प्रमुख दुर्गानन्द ठाकुरको अध्यक्षतामा आयोजित कार्यक्रममा देवनारायण चौधरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।