• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका सिडिओ र एसपीलाई तत्काल सरुवा गर : संसाद अनिता देबी

सप्तरीका सिडिओ र एसपीलाई तत्काल सरुवा गर : संसाद अनिता देबी
न्यूज टुडे
राजविराज, २३ श्रावण ।
जनमत पार्टीका संसाद अनिता देबीले सप्तरीका सिडिओ र एसपीलाई तत्काल हटाई नयाँ पठाउन माग गरेकी छिन । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेकी हुन ।
  संसाद अनिताले सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा र प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्की जिल्लामा सुशासन कायम गर्न विल्कुल असक्षम भएको टिप्पणी गरिन ।
भ्रष्टचारी र सामन्तीसंग मिलेर उल्टै आम जनतालाई दुख दिने काम गरेकोले दुवैलाई तत्काल सप्तरीवाट हटाएर सक्षम  सिडिओ र एसपी पठाउन सरकारलाई ध्याकर्षण गराउन चाहन्छु उनले संसदलाई सम्बोधन गर्दै भनेकी छिन ।