• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

सुख्खा क्षेत्र घोषणाको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
न्यूज टुडे
राजविराज, २३ श्रावण । 
सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानलाई राहत र क्षतिपूर्ति दिनुपर्नेसहितको पाँच सुत्रीय माग राख्दै  नेकपा एमाले सप्तरीले सरकारलाई ज्ञापनपत्र पठाएको छ ।
एमाले जिल्ला समितिले शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरवार काठमाडौ ज्ञापनपत्र पठाएको हो ।
नेकपा एमाले सप्तरीका अध्यक्ष ताराकान्त चौधरीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय राजविराज पुगेका एमाले नेताकार्यकर्ताले प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालाई ज्ञापनपत्र बुझाएका छ्न । 
ज्ञापनपत्रमा सप्तरी जिल्लालाई सुख्खा क्षेत्र घोषणा गरि पीडित किसानलाई  क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, चौपायामा फैलिएको लम्पि स्किन रोग निदान तथा नियन्त्रणका लागि भ्याक्सिनको व्यवस्था गर्नुको साथै वस्तुभाउ गुमाएका किसानलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।
यसैगरी  सम्पुर्ण किसानको जग्गामा सिचाइँको व्यवस्था गर्नुपर्ने, मलखाद सरल र सहज रुपमा उपल्बधताको सुनिश्चित गर्नुपर्ने लगायतका ५ सुत्रीय माग गरिएको छ । 
 एमालेको ज्ञापनपत्र बुझ्दै प्रजिअ थापाले पार्टीले उठाएको माग जायज भएकोले तत्कालै सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरे । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गरिएको ज्ञापनपत्र एमाले जिल्ला अध्यक्ष ताराकान्त चौधरीले बाचन गरेका थिए ।
उक्त अवसरमा नेकपा एमाले केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला इन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवम सप्तरी जिल्ला सह इन्चार्ज सरिता गिरि, मधेश प्रदेश समिति सदस्यहरु वसन्त मिश्र, अशोक कुमार यादव,हिरण्य प्रसाद गुप्ता, कलिम मियाँ, जिल्ला सचिब देवनाथ यादव, उपसचिव अखलेश झालगायत विभिन्न जनवर्गीय संगठनका पदाधिकारीसहित एमालेका विभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 
स्मरण रहोस् यसअघि जनमत पार्टी, किसान संघर्ष समितिले समेत जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सोही माग राखी ज्ञापनपत्र बुझाएका थिए ।