• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

अबैध स्वास्थ्य केन्द्र प्रकरण: प्रभावशालीलाई उन्मुक्ति

अबैध स्वास्थ्य केन्द्र प्रकरण: प्रभावशालीलाई उन्मुक्ति
राजकुमार साह
 कञ्चनपुर,२३ श्रावण । 
सप्तरीको कञ्चनरुप नगरपालिकाले अबैध स्वस्थ्य केन्द्र संचालकहरुलाई मुख ताकेर कारबाही तथा नियमन गर्ने गरेको खुलासा भएको छ । नगरपालिकामा संचालित प्रभावशाली स्वास्थ्य केद्र संचालकलाई चोख्याउने र अरुलाई कारबाहीको दायरामा ल्याउने गरेको पाईएको हो ।
नगर क्षेत्रमा दक्ष जनशक्ति विनै स्वास्थ्य केन्द्र संचालन रहेको कुरा सार्वजनिक भएपछि नगरपालिकाले अनुगमन गरि प्रभावशालीलाई चोख्याउने र अन्यलाई कारबाही गर्ने नीति लिएको स्थानीयले बताएका छ्न ।
नगर पालिकाको स्वास्थ्य शाखा र नगर अस्पतालमा काम गर्ने  दुई कर्मचारीले रेडियोलोजिस्ट बिना अबैध रुपमा अल्ट्रासाउन्ड जाँच चलाउदै आएको कुरा बाहिरिएपछि अनुगमन गरेको नगरपालिकाले स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीको प्रभावमा परि  उनलाई जोगाउने प्रयास गरेको स्थानीयले आरोप लगाएका छ्न ।
स्वास्थ्य शाखाका सह-इन्चार्ज डम्बर प्रसाद गुप्तालाई प्रेस बिज्ञप्ति मार्फत कंचनरुप नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम घिमिरेले चोख्याएका हुन भने अर्का कर्मचारी रामेश्वर यादवको युनिक क्लिनिकमा रेडियोलोजिस्ट विनानै अल्ट्रासाउन्ड जांँच गरिरहेको  भन्ने कागजातहरु अनुगमन टोलिले फेला पारेपछि  नियन्त्रणमा लिएको छ । 
विज्ञप्तिमा यसबारे एक शव्द पनि उल्लेख गरेका छैनन । विज्ञप्तिमा  रिपोर्टिङ  गर्ने  पत्रकारलाई उल्टै दोषी ठहर गरेको छ ।
स्मरण रहोस : गत  साउन १४ गते कञ्चनपुर नगर अस्पतालमा उपचारको क्रममा सप्तकोसी नगरपालिका -९ का १६ वर्षिय ओमप्रकाश खंगको मृत्युु भएको बिरोधमा पीडितका आफन्तहरुले अस्पतालको भौतिक संरचना तोडफोड गर्नुको साथै विभिन्न मागहरु राखेर ४ दिन सम्म अस्पतालको सम्पुर्ण सेवा  ठप्प पारेका थिए ।
आन्दोलनका कारण सेवाग्राहीहरुमा पर्न गएको असरप्रति स्वास्थ्य शाखा र प्रमुख  प्रशासकीय  अधिकृतले सार्बजनिक रुपमा एउटा सूचनासम्म निकालेको थिएन ।
स्वास्थ्य शाखामा काम गर्दै आएका  प्रभावशाली   गुप्तामाथी कुनै कारबाही गरिएको छैन ।  विना अनुमति  अल्ट्रासाउन्ड जांँच गर्दै आएको कुरा स्वयम गुप्ता र उनका भाइले स्वीकार गरिसकेका छ्न । 
न्यूज टुडे दैनिकका स्थानीय संवाददाता रिपोर्टिङको लागि साउन १९ गते डम्बर गुप्ता र भाइ राजु गुप्तासंग अल्ट्रासाउन्ड जांँच सम्बन्धि बुझ्दा हप्ताको मंगलबार डा. शत्रुघन यादवले  आएर जांँच गरिरहेको बताएको थिए ।उनले १०वर्षदेखि अल्ट्रासाउन्ड जांँच कार्य भैरहेको समेत जानकारी दिएका थिए ।
न्यूज टुडे दैनिकमा श्रावण २० गते प्रकाशित समाचार पछी स्वास्थ्य शाखाका सह-इन्चार्ज समेत रहेका डम्बर प्रसाद गुप्ताले आफ्नो  घरमा अल्ट्रासाउन्ड सम्बन्धि जांँच भैरहेको सत्य रहेपनी त्यसमा आफनो  कुनै संलग्नता नरहेको, डा. यादवलाई  घर भाडामा दिएको बताउदै आएका छ्न । 
अल्ट्रासाउन्ड जांँच गर्ने मेसिन आफ्नो  नरहेको, डाक्टर स्वयंमले आफ्नै साथमा लिएर आउने जाने गरेको  गुप्ताले बताउदै आएका थिए ।
तपाई स्वास्थ्य शाखाको नियामक निकायमा भएरपनि आफ्नै घरमा  रेडियोलोजिस्ट बिनाको स्वास्थ्य केन्द्र सञ्चालन सहित मेल -फिमेल समेत छुट्टाउने सम्मको जांँच गरिरहेको, अरुले पनि अबैध रुपमा पालिका भरी दर्जनौं स्वास्थ्य केन्द्र सञ्चालन गरिरहेको  बारे सोधिएको प्रश्नमा गुप्ताले  केही प्रतिक्रिया दिन चाहेनन ।
कञ्चनरुप -८ का राजेश कुमार नायकका  अनुसार गुप्ताले सञ्चालन गरेको अल्ट्रासाउन्डको जांँचबाट २ वर्ष पहिले उनले  मेल -फिमेल छुट्याईएका थिए ।  डम्बर प्रसाद गुप्ताको सुदामा फार्मेसीमा धेरै पहिलोदेखी अल्ट्रासाउन्डको जांँच हुँने गरेको स्थानीय एक संचारकार्मीले जानकारी दिए । गुप्ताले सञ्चालन गरेको अल्ट्रासाउन्ड जांँचमा मेल ,फिमेल छुट्टयाउने गरेको नाम उल्लेख नगर्ने सर्तमा पालिकाको एक स्वास्थ्य कर्मचारीले बताए ।
स्वास्थ्य शाखा प्रमुख रामसेवक यादवले डम्बर गुप्ताको घरमा अनुगमन  गर्दा अल्ट्रासाउन्ड मेसिन नदेखेपनी औषधि पसलको कागजातहरु सुदामा फार्मेसीको नाममा रहेको पाईएको बताए । 
अर्को कर्मचारी रामेश्वर यादवले सञ्चालन गरेको युनिक हेल्थ क्लिनिकमा रहेको अल्ट्रासाउन्ड मेसिन अबैधको साथै गुणस्तर समेत नरहेको पाएको  उनले बताए । उनले आफ्नै पालिकाको दुई कर्मचारीका औषधि पसलसहित क्लिनिकमा अनुगमन गरेपनी विज्ञाप्तिमा एकको नाम उल्लेख हुनु,अर्कोको नहुनु, अनुगमन जारी रहदै अनुगमन समाप्त भएको जस्तो हतार -हतारमा विज्ञप्ति आउनु उचित नभएको बताए ।
समाचारकै आधारमा अनुगमन गतिएपनी समाचार प्रकाशित भएको संचार माध्यमको स्थानीय संवाददातालाई समाबेश नगराउनु त्रुटिपूर्ण भएको उनले  स्वीकार गरे ।