• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सुख्खा क्षेत्र घोषणाको माग गर्दै जनमतले बुझाए ज्ञापनपत्र

सुख्खा क्षेत्र घोषणाको माग गर्दै जनमतले बुझाए ज्ञापनपत्र

न्यूज टुडे
राजविराज, २१ श्रावण ।
जनमत पार्टीले सप्तरीलाई सुख्खा क्षेत्रको घेषणा गर्नुपर्ने माग गर्दै  प्रमुख  प्रमुख अधिकारी भुपेन्द्र थापालाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रदेश सभा सदस्य मोहम्मद सकिल मियाको नेतृत्वमा विभिन्न नारा लगाउदै आएका पार्टी नेताकार्यकर्ताले आइतबार प्रजिअ थापालाई ज्ञापनपत्र बुझाएका हुन । जिल्लावासीलाई राहात प्याकेजको व्यवस्था, किसानलाई बिजुलीको बील माफ गर्नुपर्न, सिंचाईको सर्व सुलव व्यवस्था गर्नुपर्ने लगायतका माँग राखी ज्ञापन पत्र बुझाएको जनमत पार्टी सप्तरीले जनाएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रजिअ थापाले पार्टीको माँगलाई कार्वान्वयन गर्न आफुले सक्दो पल गर्ने आश्वासन दिइएको प्रदेशसभा सदस्य मियाँले बताए । सयौंको संख्यामा निकालिएको जुलुसले सप्तरीलाई सुख्खा क्षेत्र घोषणा गर, पानी दे की मारी दे, राहात प्याकेज घोषणा गर लगायत दर्जनौं नाराहरु लगाउदै नगर परिक्रमा गरी जिल्ला प्रशाासन कार्यलय पुगेका थिए । पार्टीले किसानहरुको पिडा, कष्ट एवम समस्यालाई लिइएर तपाई समक्ष आयौ, जिल्ला प्रमुखको हैसियतले तपाइले छिटो भन्दा छिटो कार्वान्वयन गर्नुपर्छ भन्दै प्रदेश सभा सदस्य मियाँले माग सम्बोधन नभए शसक्त आनदोलनमा उत्रिन वाध्य हुने चेतनावनी दिए । ज्ञापन पत्रमै उल्लेख गरेर सप्तरीमा लामो समय देखि बर्षा नभएर वीउवाली डढेर जान थालेको किसानहरुले बताए ।

जिल्लालाई सुख्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका जनमत पार्टीका नेताकार्यकर्ताहरु । फोटोः न्यूज टुडे

महँगो बीउ खाधमल खरीद गरेर लगाएको वाली खडेरीले सुख्न थालेको भन्दै तिलाठी कोइलाडी गाउपालिका ६ का किसान महावीर यादवले गुनासो गरे । स्मरण रहोस शुक्रबार प्रदेश सभा सदस्य अनिरुद्व सिंह यादव नेतृत्वको टोलीद्वारा जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकारलाई र जिल्लाको बोदे बर्साइन नगरपालिका, खडक नगरपालिकामा पनि स्थानिय किसानहरुले सुख्खा क्षेत्र घोषणाको माँग गर्दै नगर प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए ।