• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सर्वोच्चको आदेश विपरित भौतिक संरचना हटाउन सुरु

सर्वोच्चको आदेश विपरित भौतिक संरचना हटाउन सुरु
न्यूज टुडे
राजविराज, २१ श्रावण । 
अतिक्रमण गरी बनाएको संरचना खाली गर्न भनि सातदिने सूचना जारी गरेको राजविराज नगरपालिकाले आईतवार हुलाकी मार्ग अन्तर्गतका सिरहा रोड क्षेत्रमा त्यस्ता संरचना भत्काउन सुरु गरेको छ ।   सूचना जारी गरेर पनि खाली नगरिएको संरचना स्काभेटर लगाएर भत्काउन सुरु गरिएको हो ।
 आइतबार वडा नम्बर ६ र ७ स्थित सिरहा रोड क्षेत्रमा अतिक्रमण गरी बनाएका टहरा तथा अन्य संरचना भत्काउन थालिएको नगरपालिकाका प्रवक्ता तथा वडा  नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले जानकारी दिएका छन् ।
 राजविराज नगरपालिका, ६ र ७ नम्बर वडा कार्यालयले अबैध तरिकाले निर्माण गरी अतिक्रमण गरेको संरचना हटाउन सात दिनको सूचना निकालेर आग्रह गरेका थिए । आग्रहका बाबजुद पनि नहटाएपछि आईतवार स्काभेटर लगाएर भत्काउन थालिएको राजविराज नगरपालिकाले जनाएको छ  ।
 राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनले यस अघि सूचना जारी गरी अतिक्रमित स्थान खाली गर्न आग्रह गर्दा पनि अटेर गरेको र  अन्तिम पटक खाली गर्ने  समय दिँदा पनि खाली नगरिएका कारण बाध्य भई स्काभेटर लगाउनु परेको बताईन् ।
यता सर्वोच्च अदालतले हुलाकी सडक अन्तर्गतका घर, टहरा नभत्काउन राजविराज नगरपालिकाको कार्यालय, ६ र ७ नम्बर वडा कार्यालयलाई शुक्रबार आदेश गरेका थिए ।
न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजाजतले विपक्षीको नाममा कारण देखाउ, अल्पकालीन आदेश, अ. आ. छलफलको आदेश गरेका थिए ।
पीडितहरुको तर्फबाट वादी रोशन कुमार देवको मुद्दाको २०८० श्रावण १९ गते सुनुवाइ गर्दै प्रतिवादी राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन प्रसाद यादव, वडा नम्बर ६ का वडा अध्यक्ष शशी कुमार चौधरी , वडा नम्बर ७ का वडा अध्यक्ष सुभाषचन्द्र यादवलाई अल्पकालीन आदेश जारी गरेका थिए ।
सर्वोच्च अदालतको आदेशको अबज्ञा गर्दै नगरपालिकाले हुलाकी सडक अन्तर्गत सिरहा रोड क्षेत्रको अतिक्रमण गरि बनाएको संरचनाहरु स्काभेटर लगाएर हटाएका छ्न ।