न्यूज टुडे
राजविराज, २० श्रावण ।
राजविराज नगरपालिकाको घर टहरा नभत्काउन सर्वोच्च अदालतले विपक्षिको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
सर्वोच्च अदालतले श्रावण १९ गते वडा नम्बर ६ र ७ बासीको मुद्दाको सुनुवाइ गर्दै विपक्षीको नाममा कारण देखाउ तथा अल्पकालीन आदेश जारी गरेको हो । राजविराज नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत निरन्जन प्रसाद यादव, वडा नम्बर ७ का वडाध्यक्ष सुभाषचन्द्र यादव तथा वडा नम्बर ६ का वडाध्यक्ष शशी कुमार चौधरीले ७ दिन भित्र जग्गा खाली गर्नको लागी सूचना जारी गरेकोले उनीहरु विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
यस अघिको सर्वाेच्च अदालतको आदेशको अवज्ञा गर्दै सूचना जरि गरेको हुँदा वडा नम्बर ६ र ७ बासीले पुनः मुद्दा दायर गरेको बताईएको छ । सो सम्बन्धमा मिति २०८० श्रावण १९ गते पुनः सर्वोच्च अदालतले उपरोक्त प्रतिवादीहरुलाई कारण देखाउ, अल्पकालिन अन्तरिम आदेश तथा अदालतमा आएर छलफलको आदेश दिएको स्थानीयले जनाएको छ ।
यस वडाका जनताद्धारा सडक बनाउनेमा कुनै विरोध नरहेको र राजविराज नगरपालिकाले आफनो क्षेत्राधिकार भित्रमा सडक बनाएमा आफुहरुको पुर्ण सहयोग गर्न प्रतिबद्ध रहेको उनीहरुको भनाइ छ ।
राजविराज नगरपालिका मिति १९९७ सालमा भारतको जयपुरको शहरी प्लानि·को नक्सा बमोजिम शहर विकास गरी घडेरी स्थानीयलाई बिक्री गरेको र नेपालको सबै भन्दा पुरानो र व्यावस्थीत शहर हो । उक्त नगरपालिका बसेको शहरको जम्मा क्षेत्रफल ६८ विगाहा रहेको छ ।
उक्त शहर सबैभन्दा पहिला र बैज्ञानिक किसिमले बनेको हुँदा सुरक्षित र संरक्षित रहनु पर्छ । राजमार्ग निर्देशनालय योजनाकार्यालय इटहरी र राजविराज नगरपालिकाले २०७५÷०८÷२४ को सूचनाले कञ्चनपूर राजविराज–बलान सडकको केन्द्र विन्दु बाट १५—१५ मिटर भित्रकाभौतिक संरचना हटाई खालीगर्नु भनी प्राचीनशहर भित्र हुलाकी सडक ५० मिटर को राजमार्ग बनाउने सूचनाले प्राचीन राजविराजको अस्तित्व बचाउनका लागी सर्वोच्च अदालत समक्षहामी राजविराजबासीले मिति २०७६÷११÷२२ मा रिट नंं ०७६– WO–०८८० को रिट निवेदन र मिति २०७६ चैत्र महिनामा ०७६–WO– ११२२ को सार्वजनिक सरोकारको रिट निवेदन दायर गरी ०७६ –WO–०८८० मुद्घामा सर्वोच्च अदालतबाट जनताको घर जग्गाको मुआब्जा नदिई सडक वढाउने कामको लागी घर टहरा नभत्काउनु भनी अन्तरिम आदेश जारी गरिएको थियो । सर्वोच्च अदालतको अवज्ञा गर्दै नगरपालिकाले एकतर्फी रुपमा सूचना जारी गरेको हुँदा पुनःविपक्षीको नाममा मुद्दा दायर गरेका थिए ।