• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

कञ्चनरुपमा दर्जनौं अबैध स्वास्थ्य केन्द्र सञ्चालन 

कञ्चनरुपमा दर्जनौं अबैध स्वास्थ्य केन्द्र सञ्चालन 
राजकुमार साह
कञ्चनपुर,२० श्रावण । 
सप्तरीको कञ्चनरुप नगरपालिकाको स्वास्थ्य शाखाको मिलोमतोमा दर्जनौं अबैध स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ । अबैध रुपमा संचालित स्वास्थ्य केन्द्रहरुबाट उचित सेवा नपाउँदा सर्वसाधारणले अकालमै ज्यान गुमाउन बाध्य भएको हो । 
स्वास्थ्य शाखा सह-इन्चार्ज डम्बर प्रसाद गुप्ताले अबैध रूपमा बिना रेडियोलोजिस्ट चिकित्सक बर्षोदेखी  अल्ट्रासाउण्डसहितको फार्मेसी संचालन गरेका छन । जसका कारण कञ्चनपुर नगर अस्पताल नजिक रहेको युनिक हेल्थ क्लिनिक समेतले अबैध रुपमा अल्ट्रासाउण्डको जाँच गर्दै आएका छ्न । उक्त हेल्थ क्लिनिकका सञ्चालक रामेश्वर यादव नगर अस्पतालमा समेत करारमा काम गरि रहेको छ । अल्ट्रासाउण्ड जस्तो  संबेदनसिल  रिपोर्ट पाउनबाट सेवाग्राही बन्चित हुँदा मृत्यु सम्म हुने गरेको एक स्वास्थ्यकर्मीले बताए ।
कञ्चनपुर नगर अस्पतालको इन्चार्ज डाक्टर संजय रौनियारका अनुसार  अस्पताल भित्र अल्ट्रासाउण्डदेखि ल्याब अन्तर्गतको सेवा सुबिधा हुँदा हुँदै रेडियोलोजिस्ट डाक्टरसहित जनशक्ति अभावले गर्भवती महिलाको जाँच बाहेक अरु कुनै अल्ट्रासाउण्ड सेवा दिन नसकिईएको बताए ।
नगर अस्पतालमा ल्याबको जांँच राम्रो रहनुको साथै ३जना एम बि बिएस चिकित्सक छ्न, उनले भने,  अस्पताल र स्वास्थ्य शाखाले बाहिर अल्ट्रासाउण्ड  गरिरहेको कुनै पनि अस्पताल तथा क्लिनिकलाई अनुमति नदिँदा विश्वानिय रिपोर्ट मानिहाल्ने अधार नरहेको डा. रौनियारले बताए । जबकी बाहिरको अस्पताल र क्लिनिक जस्तै अल्ट्रासाउण्ड गर्न  एम बि बिएस डाक्टर नगर अस्पताल भित्र रहेपनी वास्तविक जाँच रिपोर्ट रेडियोलोजिस्ट डाक्टरले मात्र दिन सक्ने समेत उनले जानकारी दिए । 
पालिका भित्र दर्जनभन्दा बढी हेल्थ केयर क्लिनिक ,अस्पताल र ल्याबहरु सञ्चालनमा रहेपनी स्वास्थ्य शाखाबाट ४ वटा अस्पताल र क्लिनिक मात्र आधिकारिक रुपमा अनुमति लिएर संचालनमा रहेका छ्न ।  
 धर्मेश्वर अस्पताल सिमरा,एम डि अस्पताल रुपनगर,मा. रा.मोका अस्पताल बनरैत टोल,कञ्चन हेल्थ केयर कञ्चनपुरले मात्र नवीकरण गरेको स्वास्थ शाखा प्रमुख रामसेवक यादवले बताए । 
 श्रावण १४ गते सप्तकोसी नगरपालिका वडा नम्बर ९ का १६ बर्षिय ओमप्रकाश खंगको नगर अस्पताल कंचनपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । उनको ल्याब जांँच नगर अस्पतालले गरेको थिए भने  अल्ट्रासाउण्ड जांँच अस्पताल नजिक रहेको युनिक हेल्थ क्लिनिकले गरेको थियो । दुबै ठाउँका रिपोर्ट अनुसार खंगको अवस्था  अस्पतालले  सामान्य देखाएका थिए । विभिन्न जाँचको क्रममा सहि रिपोर्ट नआउँदा खंगको मृत्यु भएको आशंका गरिएको छ ।