न्यूज टुडे
राजविराज, १९ श्रावण ।
सप्तरीको रुपनी गाउँपालिका ६ भटनियाँमा शुक्रबार एक युवकको शव झुन्डिएको अवस्थामा फेला परेको छ । स्थानीय सबुरलाल सरदारको छोरा बर्ष ३५ को कैला सरदार झुन्डिएको अबस्थामा मृत फेला परेको हो ।
घरदेखी २ सय मिटर पश्चिम रहेको सिमलको रुखमा पासो लागि झुन्डिएको अबस्थामा कैला मृत भेटिएको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष बद्री नारायण सरदारले बताए ।
विहान ३ बजे घाँटीमा डोरिको पासो लगाएर झुन्डिएको देखेपछि प्रहरीलाई खवर गरिएको उनले जानकारी दिए । घटना स्थलमा प्रहरी खटी लाशजाँच र मुचुल्का उठाएर परिक्षणका लागि प्रहरीले राजविराज लगेको उनले बताए ।