• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

मनोज रामको दाजु रूपेशको रिटमाथि कारण देखाउ आदेश

मनोज रामको दाजु रूपेशको रिटमाथि कारण देखाउ आदेश

न्यूज टुडे
राजविराज, ५ श्रावण ।
बुहारी अपहरणको झुटो आरोप लगाई थुनामा रहेका सप्तरीका रूपेश रामलाई थुनामा राक्नुको कारण देखाउ आदेश जारी भएको छ । सर्बोच्च आदालतले शुक्रबार रुपेशलाई थुनामा राख्नुको कारण देखाउन विपक्षीको नाममा आदेश जारी गरेको हो ।

एउटै अभियोगमा भाइ मनोज राम थनामुक्त हुँदा हिरासतमै रहेका रूपेशले बिहीबार सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले शुक्रबार रुपेशलाई थुनामा राख्नुपर्नेबारे कारण देखाउ आदेश जारी गरेको छ । सर्वाेच्चले २४ घन्टाभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई आदेश दिएको छ।

सप्तरी राजविराजकी बबिता इसरसँग प्रेम विवाह गरेपछि दलित समुदायका मनोज राम र उनका दाजुलाई बबिताको अपहरण गरेको आरोपमा पक्राउ गरिएको थियो।
जिल्ला अदालत सप्तरीको आदेशमा उनीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो। बिहीबार रूपेशको पक्षबाट अधिवक्ता शैलेन्द्र अम्बेडकरले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए। श्रीमति अपहरण गरेको आरोप लागेका मनोज राम भने थुनामुक्त भईसकेका छन् ।