न्यूज टुडे
राजविराज, ५ श्रावण ।
मिथिला राज्यको माग गर्दै भारतको दिल्ली स्थित जन्तरमन्तरमा शुक्रबार बृहत धर्ना तथा प्रदर्शन गरेका छन् । अखिल भारतीय मिथिला राज्य संघर्ष समितिले धर्ना तथा प्रदर्शन गरेका हुन ।
दिल्लीको जन्तरमन्तरमा संसदका मनसुन सत्रको पहिलो दिन विहार पृतक मिथिला राज्य तथा भारत सरकारको नयाँ शिक्षा नीतिमा मैथिली भाषामाको शिक्षक नियुक्ति, उत्तर भरतको एक मात्र संबैधानिक भाषा मैथिलीलाई राज्य सभाको दर्जा, मिथिला लिपिको संरक्षण मिथिला क्षेत्रको सर्वा·िन विकासलगायतका ३५ बुंदे माग राखेर प्रदर्शन तथा धर्नामा उत्रिएको संघर्ष समितिले जनाएको छ ।
डा. बैधनाथ चौधरी (बैजु) को नेतृत्वमा उक्त आन्दोलन गरेको र अब यो मुद्दालाई राजनीतिक मुद्दा बनाउदै जाने संघर्ष समितीका जिवानन्द झाले जानकारी गराएका छन् ।